नेपाललाई एक दिवसीय मान्यता, यसरी छायो पत्र पत्रिकामा नेपाली क्रिकेट

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०२
  • |
  • 564 पटक हेरिएको

नेप्लेज २ चैत । विश्वकप छनोटको प्लेअफ अन्तर्गत बिहीबार नेदरल्यान्ड्सले हङकङ र नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेपछि नेपालले आगामी ४ बर्षलाई एक दिवसीय क्रिकेटको मान्यता पाएको छ ।

यो नेपाली क्रिकेटकालागि सवैभन्दा ठूलो उपलव्धि हो । विहीबार नेपालले यो उपलव्धी हासिल गरेसँगै शुक्रबार काठमाडौबाट प्रकाशित हुने पत्र पत्रिकाले नेपाली क्रिकेटको समाचारलाई पहिलो पृष्ठमै यसरी स्थान दिएका छन् ।

कान्तिपुर दैनिक वान – डे अन्तर्राष्ट्रिय मान्यता शीर्षकमा खबर अगाडी लेख्छः नेपाल पहिलो पल्ट वान डे अन्र्तराष्ट्रिय क्रिकेट राष्ट्र बनेको छ । जिम्बावेमा भइरहेको विश्वकप छनौटमा पाएको सफलताले एकदिवसीय क्रिकेटमा नेपालले आधिकारिक मान्यता पाएको अन्तरमहादेशीय कपमा पनि नेपालले अब चार बर्ष प्रतिस्पर्धा गर्न पाउनेछ । पहिलो पृष्ठको मूख्य खबर बनाएको कान्तिपुरले नेपाली टिमले खुसी साटेको फोटो पनि प्रकाशित गरेको छ । यसैगरी कान्तिपुरले अन्तिम पृष्ठमा प्ले–अफमा नेपालको रवाफ शीर्षक दिएर अर्को खबर पनि प्रकाशित गरेको छ ।

नागरिक दैनिकले पहिलो पृष्ठमै क्रिकेटमा नेपालको फड्को, एक दिवसीय मान्यता शीर्षकमा खबर लेखेको छ । अन्नपूर्ण पोस्टले ऐतिहासिक छलाङ शीर्षकमा पहिलो पृष्ठमै सफल कप्तान पारस खड्का भन्दै फोटोसहितको खबर प्रकाशित गरेको छ । राजधानी दैनिकले नेपाली क्रिकेटमा ऐतिहासिक उपलव्धी नेपाललाई एकदिवसीय मान्यता शीर्षकमा खबर लेखेको छ ।

नयाँ पत्रिका दैनिकले क्रिकेटमा ऐतिहासिक फड्को ३० बर्षको प्रयास पछि नेपाल एक दिवसीय राष्ट्र । यसैगरी नयाँ पत्रिका दैनिकलेनै पृष्ठ १६ मा नेपाल पिएनजी विरुद्ध ६ विकेटले विजयी शीर्षकको खबर खबर पनि लेखेको छ ।

नेपाल समाचार पत्र दैनिकले पहिलो पृष्ठमा क्रिकेटमा नेपाललाई उल्लेख्य सफलता शीर्षकमा खबर लेखेको छ । यसैगरी अन्तिम पृष्ठमा दीपेन्द्रको अलराउन्ड प्रदशेनमा नेपाल विजयी शीर्षकको खबर पनि लेखेको छ । प्रभाव राष्ट्रिय दैनिकले क्रिकेटमा ऐतिहासिक उपलव्धी नेपाललाई एक दिवसीय मान्यता शीर्षकमा पहिलो पृष्ठमै खबर लेखेको छ ।

मध्यान्ह दैनिकले नेपाललाई ऐतिहासिक उपलव्धी एक दिवसीय क्रिकेटको मान्यता शीर्षकमा पहिलो खबर बनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey