Mega Bank

सागकाे तयारी अनुगमनका लागि जीवनराम श्रेष्ठकाे संयाेजकत्वमा उपसमिती गठन

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०४-१९
  • |
  • 49 पटक हेरिएको

आसन्न दक्षिण एशियाली खेलकृुद सागको तयारीको अनुगमका लागि संसदीय समितीले उपसमिती गठन गरेको छ । जसमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको संयोजकत्वमा ५ सदस्यिय समिती बनाएको छ ।

आइतबार बसेको बैठकले श्रेष्ठको संयोजकत्वमा उपसमिती बनाउदै आजैका दिनबाट काम थाल्न निर्देशन पनि दिएको छ । समितीको सदस्यमा नवीना लामा, नारायण मरासिनी, नमिता चौधरी र गजेन्द्र महत रहेका छन ।

डिसेम्सर एक देखि १० तारिखसम्म हुने प्रतियोगिताको तयारीको अनुगमनका साथै कसरी तयारी भइरहेको छ भनेर मन्त्रालय र सदस्यसचिवसँग रिपोर्ट लिने र पुर्वाधारका साथै खेलाडीको तयारीको अनुगमनको जिम्मेवारी यो समितीले पाएको छ ।

साग आयोजनाको तयारीमा के कस्ता कमजोरीहरु औल्याउने, सल्लाह सुझाव दिने यो समितीको काम रहेको छ ।

भर्खरै

Advertisement