Prabhu Bank

आसर्नल युरोपा लिगको क्वाटरफाइनलमा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-०२
  • |
  • 2 पटक हेरिएको

चैत्र २ । आसर्नल युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा इटालियन क्लव एसी मिलानलाई तीन एकले हराउदै समग्रमा ५–१ को जित निकाल्दै अन्तिम आठमा स्थान बनायो ।

पहिलो लेगमा दुई शुन्यले विजयी भएको आर्सनलले गएराति डेनी वेलबेकको दुई गोलको मद्दतले तीन एकको जित निकाल्यो । त्यसो त आर्सनलले एसी मिलानको एक गोलको अग्रता उल्ट्यायो ।

खेलको ३५ औ मिनेटमा एसी मिलानले अग्रता बनाएको थियो । तर ३९ औ मिनेटमा आर्सनलले पाएको पेनाल्टीलाई वेलबेकले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्याए ।

त्यसपछि ७१ औ मिनेटमा ग्रानीट झाकाले आर्सनललाई २–१ को अवस्थामा पुर्याए । ८६ औं मिनेटमा पुन वेलबेकले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

बाँकि समयमा पाहुना टिम एसी मिलना खेलमा फर्कन सकेन र पराजित भयो ।

भर्खरै

Advertisement