एकै खेलका दुई संघ आपसमा नमिले दर्ता खारेज हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-१८
  • |
  • 195 पटक हेरिएको

नेप्लेज, १८ साउन । समान प्रकृति र खेलका दुई वा दुईभन्दा बढी खेल संघ आपसमा समन्वय गरी मेलमिलाप नगरे दर्ता खारेजी हुने भएको छ ।

राष्ट्रियसभाबाट बिहीबार पारित भएको खेलकुद बिधेयकमा एउटै खेलका एक भन्दा बढी संघ भए एउटै बनाउन पहल गर्ने र सम्भव नभए दर्ता खारेज गरी नयाँ संघ बनाउने उल्लेख छ ।

युवा तथा खेलकुद मन्त्रालयले दर्ता गरेको बिधेयकमा राष्ट्रियसभाको बिधायन व्यवस्थापन समितिले उल्लेख्य संशोधनपछि दफा २६ को उपदफा ५, ६ र ७ मा यससम्बन्धी प्रष्ट व्यवस्था गरिएको छ ।

उपदफा ५ मा परिषदमा एकै खेलका एक भन्दा बढी संघ दर्ता नहुने उल्लेख छ ।

उपदफा ६ मा यसअघिको ऐन अनुसार दर्ता भएका खेल संघ यसै ऐनअनुसार मानिने र एकै खेलका दुई वा त्यो भन्दा बढी संघ वा महासंघ भएमा ऐन लागू भएको मितिले ३ महिनाभित्र एउटै संघ वा महासंघ गठन गर्नका लागि परिषदले सूचना जारी गर्नेछ

उपदफा ७ मा तोकिएको समयमा विवाद समाधान गरी एउटै संघ वा महासंघ नबनेको अवस्थामा ती खेलका संघ वा महासंघको परिषदमा दर्ता स्वतः रद्ध हुने व्यवस्था छ ।

यसबाट तेक्वान्दो, कराँते लगायतका खेलसंघहरु आकर्षित हुनेछन् । दुवै खेलका एकभन्दा बढी संघ रहेका छन् ।

यो बिधेयक प्रतिनिधिसभामा दर्ता हुनेछ र त्यहाँबाट पारित भएपछि राष्ट्रिपतिले प्रमाणिकरण गर्नुपर्नेछ । प्रमाणिकरण भएको ७ दिनमा ऐन लागू हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal