Mega Bank

राष्ट्रिय खेलकुद विकास विधेयक राष्ट्रियसभाबाट सर्बसम्मतिले पारित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०४-१६
  • |
  • 53 पटक हेरिएको

काठमाडौं, १६ साउन । राष्ट्रिय सभाबाट राष्ट्रिय खेलकुद विकास विधेयक सर्वसम्मतले पारित भएको छ । बिहीबार बसेको बैठकमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले प्रस्तुत गरेको विधेयक सभाको बैठकले पारित गरेको हो ।

चैत ११ गते राष्ट्रियसभामा पेश भएको उक्त बिधेयक विधायन व्यवस्थापन समितिमा छलफल भएर परिमार्जन सहित राष्ट्रिय सभामा पुगेको थियो । विगतमा पेश गरेको विधेयकभन्दा यस पटक धेरै कुराहरु परिमार्जन गरेर आएको छ । यो विधेयक प्रतिनिधि सभबाट पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणित भए खेलकुद विकास ऐन २०४८ निष्कृय हुने छ ।

अहिले पारित भएको विधेयकमा ४८ वटा दफा राखिएको छ । विधेयकमा राष्ट्रिय खेलकुद परिषद् राखेपको नेतृत्वमा खेल क्षेत्रकै व्यक्तिहरुबाट हुनुपर्ने कुुरालाई जोड दिइएको छ । विगतमा गैर खेल क्षेत्रका व्यक्तिहरु खेलकुदमा हावी हुने प्रबृत्ति रहेकाले यसलाई निरुत्साहित गर्न खोजिएको राष्ट्रिय सभाका सदस्य प्रकाश पन्तले जानकारी दिए । राखेपमा विभिन्न मन्त्रालयका सचिबहरुलाई पनि पदेन सदस्यका रुपमा राख्ने व्यवस्था गरिएको छ भने खेलाडीहरुलाई प्रोत्साहन गर्ने सवालमा पनि यो विधेयक उदार देखिएको सदस्य पन्तले बताए ।

मन्त्री विश्वकर्माले अहिले छुट भएका विषयहरु आवश्यकता परे थप गर्दै जाने प्रतिबद्धता पनि जनाए । अहिले बनेको खेलकुद ऐनले नेपाली खेलकुदको विकासमा थप योग्दान दिने पनि मन्त्री विश्वकर्माले बताए ।

 

भर्खरै

Advertisement