१३ औं सागका लागि आजदेखि बन्द प्रशिक्षण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-१६
  • |
  • 231 पटक हेरिएको

काठमाडौं,१६ साउन । १३ औं दक्षिण एशियाली खेलकुद साग लक्षित बन्द प्रशिक्षण आजदेखि शुरु भएकाे छ । मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुन लागेको साग खेलका लागि आठौं राष्ट्रिय खेलकुदबाट छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । आजदेखि शुरुहुने बन्द प्रशिक्षणका लागि अहिले नै खेलाडीको एकिन तथ्यांक आईनसक्ने तर मोटामोटी १ हजार देखि १५ सय जना खेलाडी प्रशिक्षणमा हुने बताए ।

केही खेलका खेलाडीहरुलाई देश भित्र प्रशिक्षण दिनका लागि विदेशी प्रशिक्षक ल्याइएको र केही खेलका खेलाडीहरुलाई बैदेशिक प्रशिक्षणमा पनि पठाइएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बताए । बन्द प्रशिक्षणका लागि पहिलो चरणमा मेडल जितेका खेलाडीहरुलाई बोलाइएको पनि बताए ।

यसअघिका सदस्यसचिव केशबकुमार विष्टले सागमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुका लागि राखेप च्याम्पियनसिप गराउने बताएका थिए । तर राखेप च्याम्पियनसिप नगर्ने मनस्थीतिमा पनि राखेपको पुगेको बताइएको छ ।

नेपालमा आयोजना हुने सागमा २७ खेल समावेश हुँदा नेपालबाट ६ सय ४४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । त्यसमा ३ सय ३० पुरुष र ३ सय १४ महिला खेलाडी हुने छन् ।

कुन खेलको प्रशिक्षण कुन ठाउँमा

१. आर्चरी पोखरा
२. एथ्लेटिक्स आर्मीको मैदान लगन खेल र टुँडिखेल (एथ्लेटिक्स संघले दाङको बेलझुण्डी जाने भनेर माग गरे हामी पठाउन तयार)
३. ब्याडमिन्टन रंगशाला
४. बक्सिङ थाइल्याण्ड
५. फेन्सिङ महाराजगञ्ज
६. जुडो खुशिबु नयाँ बजार
७. कराते सातदोवाटो कराते हल
८.सुटिङ सुटिङ रेञ्ज
९. स्क्वास सातदोवाटो स्क्वास हल
१०. पौडी कालोपूल (केही खेलाडी विदेशमा)
११. टेबल टेनिस लैनचौरमा
१२. तेक्वान्दो सातदोवाटो
१३. टेनिस सातदोवाटो
१४. भारतोलन रंगशाला
१५. ट्रायथलन लगनखेल
१६. उसु रंगशाला
१७. कुस्ती हेटौंडा
१८. प्याराग्लाईडिङ पोखरा
१९. साईक्लिङ गोकर्ण
२०. भलिबल त्रिपुरेश्वर र लगनखेल
२१. फुटबल एन्फा
२२. ह्याण्डबल पोखरा
२३. क्रिकेट भर्खरै प्रतियोगिता खेलेर फर्किएको छ, एक दुई दिनमा तय हुन्छ । महिलाको शुरुहुन्छ । मुलपानीमा ।
२४. बास्केटबल धरान
२५. खोखो बर्दिया
२६. कबड्डी तालिम केन्द्र महाराजगञ्ज
२७. गल्फ काठमाडौं

प्रतियोगिता स्थल कहाँ त ?
काठमाडौं
१. टेबल टेनिस
२. फुटबल पुरुष रंगशाला
३. एथ्लेटिक्स रंगशाला
४. ब्याडमिन्टन रंगशाला
५. बास्केटबल रंगशाला
६. कबड्डी भृकुटीमण्डप
७. खोखो भृकुटीमण्डप
८. गल्फ गोकर्ण
९. क्रिकेट मुलपानी र टियू मैदान

ललितपुर
१. कराते ललितपुर
२. बक्सिङ सातदोबाटो
३. तेक्वान्दो सातदोबाटो
४. कुस्ती सादोबाटो
५. उसु लगनखेल
६. जुडो लगनखेल
७. सुटिङ सातदोबाटो
८. स्क्वास सादोबाटो
९. लन टेनिस सातदोबाटो

पोखरामा आयोजना हुने प्रतियोगिता
१. ट्रायाथलन
२. भलिबल
३. ह्याण्डबल
४. आर्चरी
५. वेट लिफ्टिङ
६. भारतोलन
७. फुटबल महिला
८. प्याराग्लाईडिङ

काठमाडौं, ललितपुर र भक्तपुर
१. साईक्लिङ (कुपण्डोल, कोटेश्वर भक्तपुर)

खेल स्थल तय नभएको
१. फेन्सिङ

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey