सागकाे मुख्य खेलस्थल दशरथ रंगशालाकाे पूनर्निर्माण कस्ताे हुँदैछ?(भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-१५
  • |
  • 131 पटक हेरिएको

देशको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशाला भूकम्पपछि पूनर्निर्माणको चरणमा छ ।

भूकम्पले क्षति पु¥याएको रंगशालाको प्यारापिट निर्माणको काम सम्पन्न भएको छ । भीआईपी प्यारापिटमा छानो हाल्ने काम सम्पन्न हुन बाँकी छ भने मैदानमा दूवो रोप्ने काम हुनेछ । सदस्यसचिव रमेश सिलवाल भीआईपी प्यारापिटको छानोका लागि सम्झौता भएको चिनियाँ कम्पनीलाई छिटो काम सक्न दवावका लागि आफैं चीन जाने भएका छन् ।

प्यारापिटको फलामे बिमका लागि भारतीय कम्पनीसँग सम्झौता भएको छ । समान आयात प्रक्रिया छिटो गर्नका लागि राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना भारत जाँदैछन् । रंगशाला समयमै सम्पन्न नभएका कारण सन् २०२२ मा हुने विश्वकप छनोटको दोस्रो

चरण अन्तर्गत भदौमा हुने कुवेतबिरुद्धको खेल नेपालले कुवेतमै खेल्नुपर्ने भएको छ । मंसीरमा हुने १३ औं दक्षिण एसियाली खेलकुदको लागि तयार गरिएको रंगशालामा एथ्लेटिक्स ट्र्याक बिछ्याइसकिएको छ । १३औं साग खेलकुदका लागि मुख्य खेलस्थलको रुपमा रहेको रंगशाला कार्तिकसम्ममा सम्पन्न गर्ने राखेपले जानकारी दिएको छ ।

भिडियाे

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey