राखेपको प्रचार प्रमुखमा दुलाल

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-१५
  • |
  • 170 पटक हेरिएको

काठमाडौं, १५ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रचार प्रसार शाखाको प्रमुखको जिम्मेवारी दुर्गाप्रसाद दुलाललाई दिइएको छ । २०७६ साल साउन १४ गतेको सदस्य–सचिवस्तरीय निर्णयानुसार दुलाईलाई प्रमुखको जिम्मेवारी सुम्पिएको हो ।

राखेपअन्तर्गत प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले दुलाललाई बुधबार पत्र हस्तान्तरण गरे । प्रमुख थापाले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै प्रमुखमा नियुक्त भएकोमा बधाइ दिए । उनले कुनै बेला प्रचार प्रसार शाखालाई महत्वपूर्ण शाखाका रुपमा हेरिने गरेको बताउदै अहिले विगतको तुलनामा प्रचार प्रसार शाखाको साख घटेको आफूले महशुस गरेको बताए । उनले प्रचार प्रसार शाखाको गुमेको साखलाई पुनः फर्काउन सफलता मिलोस् भनी शुभकामना दिए ।

यसअघिका प्रमुख सुधिरप्रसाद पोखरेलले ५८ वर्ष उमेर हदका कारण साउन ८ गते अनिवार्य अवकाश पाएपछि प्रचार प्रसार शाखामा प्रमुखको पद रिक्त थियो ।

नवनियुक्त प्रमुख दुलालसंग प्रचार प्रसारमै रहेर १६ वर्ष काम गरेको अनुभव छ । त्यसअघि उनले गुल्मी जिल्ला खेलकुद विकास समितिमा ३ वर्ष तथा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र मोरङ जिल्ला खेलकुद विकास समितिमा ५ वर्ष काम गरेको अुनभव छ । प्रमुखसंगै ५१ वर्षीय दुलालले सूचना अधिकारीको जिम्मेवारी पनि पाएका छन् ।

२०५३ साल असोज ४ गते राखेपमा स्थायी सेवामा प्रवेश गरेको प्रमुख दुलालले सबैसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रचार प्रसार शाखाका प्रशासकीय अधिकृत लोकेन्द्रकुमार बस्नेत, नायब सुब्बा बासुदेव निरौलालगायतको उपस्थिति थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey