गोल्डेनपिक र भ्याली पब्लिक सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-१४
  • |
  • 224 पटक हेरिएको

आयोजक गोल्डेनपिक ‘ए’ र भ्याली पब्लिक आठौं गोल्डेनपिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गोल्डेनपिकले बिएनएलाई ५८–४१ ले पराजित ग¥यो । विजयी टिमका लागि गोपाल भण्डारीले ३२ अंक जोडे । भ्याली पब्लिकले रिलायन्स इन्टरनेसनललाई ५६–३५ ले हरायो । भ्याली पब्लिकका राहुल विकले २४ स्कोर गरे ।

अन्य क्वाटरफाइनलमा एचएचसीएले रिलायन्स पब्लिकलाई ५३–४१ तथा ग्रिनल्यान्डले गोल्डेनपिक ‘बी’ लाई २६–११ ले पाखा लगाए । एचएचसीएका अंशु राईले १६ तथा ग्रिनल्यान्डका अनिशले ७ अंक बटुले । सेमिफाइनलमा गोल्डेनपिक ‘ए’ ले एचएचसीए तथा भ्याली पब्लिकले ग्रिनल्यान्ड विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

जुनियर ब्वाइजमा गोल्डेनपिकले ज्ञान मालालाई ३२–२४, बिएनएले हिमशिलालाई २१–१२, लालीगुराँसले इडेन ब्रिज एकेडेमीलाई २७–१५ तथा एन्जल्स हर्टले ओडिसीलाई २७–२२ ले पन्छाए । गोल्डेनपिकका सुदिल तामाङले २२, बिएनएका सन्देश खड्काले १४, लालीगुराँसका रोशनले ८ र एन्जल्स हर्टका शेखर मगरले ११ अंक जोडे । सेमिफाइनलमा गोल्डेनपिकको भेट एन्जल्स हर्टसंग हुनेछ भने बिएनएले लालीगुराँसको सामना गर्नेछ । गल्र्सको सेमिफाइनल गोल्डेनपिक र विज किड्स तथा रिलायन्स र हिमशिलाबीच हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey