Prabhu Bank

तिलोत्तमा गोल्डकपको उपाधिका लागि थ्रीस्टार र पुलिस भिड्ने

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-०१
  • |
  • 0 पटक हेरिएको

चैत्र १ । तिलोत्तमा गोल्डकपको उपाधिका लागि थ्रीस्टार र नेपाल पुलिस क्लव भिड्ने भएका छन । आज भएको दोस्रो सेमिफाइनलमा थ्रीस्टारले मनाङ मस्र्याङदीलाई दुई एक गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनायो ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा थ्रीस्टारले मनाङको एक गोलको अग्रता उल्ट्याएको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको २३ औ मिनेटमा विदेशी खेलाडी फ्लोरेन्ट कोनले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

तर यो सिजन दुई वटा प्रतियोगिताको उपाधि जितिसकेको थ्रीस्टारले उत्कृष्ट कमब्याक गर्दै दुई गोल गर्न सफल भयो । २५ औ मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

त्यसपछि ३९ औ मिनेटमा निराजन खड्काले गोल गर्दै थ्रीस्टरालाई अग्रता दिलाए । पहिलो हाफमा एक गोलले पछि परेको मनाङले दोस्रो हाफमा खेलमा फर्कन खासै राम्रो अवसर सिर्जना गर्न सकेन ।

जसका कारण थ्रीस्टारले फाइनलमा स्थान बनायो । यसअघि बुधबार भएको खेलमा पुलिसले रुपन्देहीलाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगिसकेको छ ।