आठौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबलमा एचएचसीए र रिलायन्स क्वाटर फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-१३
  • |
  • 194 पटक हेरिएको

आठौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाईजतर्फ हिमालयन ह्याप्पी चिल्ड्रन एकेडेमी(एचएचसीए) र रिलायन्स पब्लिक सोमवार क्वाटरफाईनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा एचएचसीएले आयोजक गोल्डेनपीक बीलाई ४५–४० को स्कोरमा हराउदै क्वाटर फाईनलमा प्रवेश गरेको छ । त्यस्तै रिलायन्सले वेबीलोनलाई २३–२० को स्कोरमा हराउदै अन्तिम आठमा स्थान बनाएको छ । एचएचसीएको जितमा अंशु राईले १९ स्कोर गर्दा रिलायन्सका लागि अनिल रावलले १४ स्कोर गरेका थिए ।

चावहिल सरस्वतीनगर स्थित गोल्डेनपीक हाईस्कुलकोे कोर्टमा भएको सिनियर गल्सको खेलमा हिमशिलाले बालबिकासलाई ११–७ को स्कोरमा हराउँदा बिमला लिम्वुले ७ स्कोर गरेकी थिईन् । त्यस्तै जुनियर ब्वाईजमा एन्जल्सहार्टले इडनब्रीजलाई २३–२० को स्कोरमा हराउदा शेखर मगरले ११ स्कोर गरेका थिए ।

प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १२ टिम, सिनियर गल्र्सतर्फ ६ टिम र सिनियर ब्वाइजतर्फ १२ टिमले १७ गते सम्म प्रतिस्पर्धा गर्ने छन् । लिग कम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताको गल्र्स टिमलाई दुई समूहमा बिभाजन गरिएको छ भने ब्वाईजलाई चार समूहमा बिभाजन गरिएको छ । जुनियर व्वाइजतर्फ ४ फिट १० इन्च सम्मको उचाई निर्धारण गरिएको छ । प्रतियोगिता अन्तर्गत हुने सबै खेलमा नेपाल बास्केटबल संघको प्राविधिक सहयोग रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey