अहिलै सम्मान नगर्नुस: सदस्य–सचिव सिलवाल

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-११
  • |
  • 183 पटक हेरिएको

काठमाडौं साउन ११ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई अहिले नै सम्मान नगर्न आग्रह गरेका छन् । नेपाल उमा कुङफु संघ र नेपाल टग अफ वार संघले संयुक्त रुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सो कुरा बताएका हुन् ।

‘म नियुक्त भएको बर्खर १८ दिन जति भयो । अहिले नै मैले सम्मान गर्न लायक कुनै काम गरेको छैन । सदस्य–सचिवमा नियुक्त भएकै कारण सम्मान गरि हाल्नु पर्दैन ।’ सदस्य–सचिव सिलवालले भने ‘मेरो कार्याकाल चार वर्षको हो । यो अवधिमा म सम्मान गर्न लायक काम गरे भने सम्मान गर्नुस । काम गर्न सकिन भने लायकको अगाडि ना थपिदए हुन्छ । बधाइ तथा शुभकामना कार्यक्रम हो भने ठीकै छ । यसलाई म स्वीकार गर्छु ।’

सदस्य–सचिव सिलवालले विद्यालय तहबाटै प्रतिभावन खेलाडीको पहिचान गर्न सकिने भएकाले शिक्षा र खेलकुदलाई संगैसंगै लानु पर्नेमा जोड दिदै नेताहरुलाई कुनै कुनै प्रकारले खेलकुदमा संलग्न गराउन आफूले योजना बनाइ रहेको बताए ।

कार्यक्रममा उमा कुङफु संघ अध्यक्ष सिद्धार्थ लामा र टग अफ वार संघका अध्यक्ष भावनीप्रसाद पौडेलले सदस्य–सचिव सिलवाललाई कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिदै मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा उमा कुङफु संघले आफ्ना संस्थापक प्रमुख प्रशिक्षक दीपक श्रेष्ठलाई सम्मान गरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal