Mega Bank

प्रदेश १ का पदक विजेता खेलाडी सम्मानित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०४-०७
  • |
  • 62 पटक हेरिएको

आठौँं राष्ट्रिय खेलकूद प्रतियोगिता, पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता तथा प्रदेशस्तरीय मुख्यमन्त्री खेलकूद प्रतियोगिताका पदक विजेता खेलाडीलाई पुरस्कार वितरण गरिएको छ ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा साफ महिला फुटबल प्रतियोगिताको उपविजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई जनही एक लाख तथा अन्य प्रतियोगिताका पदक प्राप्त खेलाडीलाई नगदसहित पुरस्कृत गरियो । खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कूल २६७ जनालाई ३८ लाख ५० हजार प्रदान गरियो । उनीहरुलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पुरस्कार वितरण गरेका थिए ।

मुख्यमन्त्री राईले सबै खेललाई प्रदेश सरकारले प्राथमिकतामा राखेको र खेलकूदको माध्यमबाट मुलुकको विकास र समृद्धिमा टेवा पु¥याउन खेलाडीलाई प्रोत्साहन गरिँदै आएको बताए । सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले खेलकूदको व्यवस्थित विकासका लागि प्रदेश खेलकूद ऐन तयार पारेको जानकारी दिए । यसका लागि चालू आवमा ४८ करोड बजेट विनियोजन गरिएको उनले बताए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा, महिला फुटबल टिमका प्रशिक्षक हरि खड्का र खेलाडी निरु थापाले प्रदेश १ खेलकूदको उर्बर भूमि रहेको भन्दै आगामी दिनमा अन्तर्राष्ट्रिय मुख्यमन्त्री कप फुटबल प्रतियोगिता गरिने बताए ।

भर्खरै

Advertisement