Prabhu Bank

दिपेन्द्रकाे करिअरकै उत्कृष्ट बलिङ, पीएनजी ११४ रनमा अलअाउट

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-०१
  • |
  • 5 पटक हेरिएको

– २७.२ अाेभरमा दिपेन्द्रले अन्तिम विकेटका रूपमा जाेन रिभालार्इ अाउट गरेपछि पीएनजी ११४ रनमा अलअाउट भएकाे छ ।

– अाठाैं विकेटका रूपमा दिपेन्द्रले ज्यासन किलालार्इ १५ रनकाे व्यक्तिगत स्काेरमा बाेल्ड गरे भने अर्काे बलमा नाेर्मन भानुवालार्इ पनि खाता खाेल्नै नदिइ अाउट गरे ।

– २५.३ र २५.४ अाेभरमा दिपेन्द्र सिंह एेरीले लगातार दुर्इ विकेट लिएका छन् ।

– २५ अाेभरमा पीएनजी- ११२/७

– नयाँ ब्याट्सम्यानकाे रूपमा जाेन रिभा क्रिजमा अाएका छन् ।

– १८ बल खेलेर अमिनीले १ चाैका प्रहार गरे ।

विकेट

– पपुवा न्यूगिनीले साताैं विकेट गुमाएकाे छ । २३.३अाेभरमा दिपेन्द्र सिंह एेरीले चार्ल्स अमिनीलार्इ व्यक्तिगत १९ रनमा एलबीडब्ल्यूकाे धरापमा पारेका छन् ।

– २२.१ अाेभरमा साेमपाल कामीले बलमा ज्यासाेन किलाले १ रन लिँदै पीएनजीकाे १०० रनकाे अाँकडा पार गरेका छन् ।

– २२ अाेभरकाे समाप्तिमा पीएनजीः ९९/६

– १९ अाेभरकाे समाप्तिमा पीएनजी ८३/६

– नयाँ व्याट्सम्यानकाे रूपमा ज्यासाेन किला क्रिजमा अाएका छन् ।

– १८.३ अाेभरमा सन्दिपले पीएनजीका किप्लिन दाेरिगालार्इ बाेल्ड गरेका छन् । दाेरिगाले १३ बलमा १० रन बनाएर अाउट भए ।

विकेट

– सन्दिपले व्यक्तिगत चाैथाे विकेट लिएका छन् भने पीएनजीकाे छैटाैं विकेट पतन भएकाे छ ।

– नयाँ व्याट्सम्यानकाे रूपमा चार्ल्स अमिनी क्रिजमा अाएका छन् ।

– टस हारेर पहिले ब्याटिङ गरेकाे पीएनजीकाे इनिङ धरापमा परेकाे छ ।

विकेट

– १६.१ अाेभरमा सन्दिपले व्यक्तिगत तेस्राे विकेटका रूपमा पीएनजीकाे पाँचाैं विकेट झारेका छन् । माहुरू दाइलार्इ सन्दिपले ५ रनकाे स्काेरमा साेमपाल कामीकाे हातबाट क्याच अाउट गराए ।

– १५ अाेभरकाे समाप्तिमा पीएनजीले ४ विकेट गुमाएर ५८ रन बनाएकाे छ ।

– नयाँ ब्याट्सम्यानकाे रूपमा किप्लिन दाेरिगा क्रिजमा अाएका छन् ।

विकेट

– १४.६ अाेभरमा नेपालले अर्काे सफलता हासिल गरेकाे छ । सन्दिप लामिछानेले सेस बाउलार्इ बाेल्ड गरेका छन् । बाउले २१ बल खेलेर २ चाैकाकाे सहयाेगमा १ रन बनाए ।

– नयाँ ब्याट्सम्यानकाे रूपमा माहुरू दाइ क्रिजमा अाएका छन् ।

– १२.४ अाेभरमा सन्दिपले साेपरलार्इ एलबीडब्ल्यूकाे धरापमा पारे । साेपरले ३५ बल खेलेर १ चाैकासहित १० रन बनाए ।

विकेट

– पीएनजीले यहाँ तेस्राे विकेट गुमाएकाे छ । ५० रनकाे स्काेर पूरा गरेलगत्तै उसले चाड साेपरकाे रूपमा तेस्राे विकेट गुमाएकाे हाे ।

– करण केसी र साेमपाल कामीले स्थानमा दुर्इ स्पिनरहरू बसन्त रेग्मी र सन्दिप लामिछानेले दुर्इ एण्डबाट बलिङ गरिरहेका छन् ।

– ११अाैं अाेभरमा सन्दिप लामिछानेले बलिङ गरेका छन् । उनले अाफ्नो पहिलाे अाेभरमा ५ रन खर्चिए ।

– पावर प्लेकाे खेल सकिएकाे छ । पीएनजीले २ विकेट गुमाएर ४१ रन जाेडेकाे छ ।

– ९ अाेभरकाे समाप्तिमा पीएनजी- ३४/२

– नयाँ ब्याट्सम्यानकाे रूपमा सेसे बाउ क्रिजमा अाएका छन् ।

– जारी प्रतियाेगिताकाे समूह चरणाकाे खेलमा अायरल्याण्डबिरूद्द १५१ रनकाे विष्फाेटक पारी खेलेका उरालार्इ ७.५ अाेभरमा करण केसीले व्यक्तिगत ११ रनकाे स्काेरमा अाउट गराए । उनले २३ बल खेलेर १ चाैका प्रहार गरे ।

विकेट

– नेपालले ठूलाे सफलता हासिल गरेकाे छ । पीएनजीका विष्फाेटक ब्याट्सम्यान टाेनी उरालार्इ करण केसीले विकेटकिपर अनिल साहकाे हातबाट क्याच अाउट गराएका छन् ।

– ७ अाेभरकाे समाप्तिमा पीएनजी- २३/१

– ६ अाेभर पीएनजी- १९/१

– ५ अाेभर पीएनजी- १७/१

– ४.५ अाेभरमा कप्तान पारस खड्काले पीएनजीका टाेनी उराकाे क्याच ड्रप गरेका छन् ।

– ४ अाेभर पीएनजी- १४/१

– ३ अाेभरकाे समाप्ति पीएनजी १२/१

– नयाँ ब्याट्सम्यानकाे रूपमा चाड सोपर क्रिजमा अाएका छन् ।

विकेट

– २.३ अाेभरमा पीएनजीका कप्तान असद भालालार्इ १० रनकाे स्काेरमा साेमपाल कामीले एलबीडब्ल्यूकाे धरापमा पारेका छन् । भालाले ७ बल खेलेर २ चाैका प्रहार गरे ।

– २ अाेभरकाे समाप्तिमा पीएनजी-८/०

– दाेस्राे अाेभरमा करण केसीले एउटा वाइड र एक चाैकासहित ८ रन खर्चेका छन् ।

– पहिलाे अाेभर साेमपाल कामीले मेडन बलिङ गरेका छन् । पीएनजीका असद भाला र टाेनी उरा अाेपनिङ जाेडीकाे रूपमा क्रिजमा छन् ।

चैत १, काठमाडाैं । जिम्बावेमा जारी एकदिवशीय विश्वकप छनोटको सुपर सिक्समा पुग्न नसकेको नेपालले एकदिवशीय मान्यताका लागि निर्णायक खेलमा अहिले पपुवा न्यूगिनीसँग प्रतिस्पर्धा गर्दैछ ।

हरारे स्पोर्टस क्लवको मैदानमा नेपालले टस जितर पहिले फिल्डिङ गर्ने भएको छ ।

समूह एको पाँचौं स्थानमा रहेको पीएनजी र समूह बीको चौथो स्थानमा रहेको नेपालबीच प्लेअफ अन्तर्गत यस खेल हुन लागेको हो ।

एकदिवशीय मान्यता पाउनका लागि नेपालले आजको खेल जित्नैपर्ने हुन्छ ।

नेपाली टिमः ज्ञानेन्द्र मल्ल, अनिल साह (विकेटकिपर), पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, बसन्त रेग्मी, सन्दिप लामिछाने, ललित राजवंशी ।

पीएनजी टिमः टोनी उरा, असद भाला (कप्तान), चाड सोपर, सेसे बाउ, माहुरु दाइ, किप्लिन दोरिगा (विकेट किपर), चार्ल्स अमिनी, ज्यासोन किला, नोरमन भानुवा, जोन रेभा र अलेइ नाओ ।

पीएनजीबिरुद्ध नेपालले जित हासिल गरेमा र अर्को प्लेअफमा नेदरल्याण्ड्सले हङकङलाई हराएको अवस्थामा नेपालले आगामी सन् २०२२ सम्मका लागि एकदिवशीयका साथै टि–२० मान्यता पनि पाउनेछ ।

नेपालले पीएनजीबिरुद्ध जितेमा र अर्को खेलमा हङकङले नेदरल्याण्ड्सलाई हराएमा सातौं स्थानको लागि अर्को प्लेअफ नेपाल र हङकङबीच हुनेछ । त्यस खेलको विजेताले एकदिवशीय मान्यता पाउनेछ ।

समूह चरणमा लगातार तीन खेलमा पराजित भएको नेपाल सुपर सिक्सबाट बाहिरिँदै विश्वकप खेल्न नपाउने निश्चित भएको थियो । समूहको अन्तिम खेलमा हङकङबिरुद्ध जित हासिल गरेपछि नेपालको एकदिवशीय मान्यताको आशा जीवितै भएको हो ।

 

भर्खरै

Advertisement