बायर्न म्युनिक च्याम्यिन्स लिगको क्वार्टर फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०१
  • |
  • 159 पटक हेरिएको

चैत १ । टर्कीको बेसिक्टासलाई हराउँदै जर्मन क्लब बायर्न म्युनिक च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

स्तानबुलमा भएको दोस्रो लेगमा ३–१ को जित हात पारेपछि बायर्नले समग्रमा ८–१ को शानदार जित आत्मसाथ ग¥यो ।

१८औं मिनेटमा थियागो अल्कन्ताराले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । पहिलो हाफमा सो अग्रता कायम राखेको बायर्नले दोस्रो हाफको सुरुवातमा नै आत्मघाती गोल उपहार पायो ।

गोखान गोनुलले आत्मघाती गोल गरेपछि बायर्न २–० ले अघि रह्यो ।

५९औं मिनेटमा भाग्नस लभले बेसिक्टासका लागि गोल गरे । गोनुलको पासमा गरेको यो गोल बायर्न विरुद्ध सान्त्वना गोल बन्न पुग्यो ।

८४औं मिनेटमा सान्ड्रो वाग्नरले गोल गर्दै बायर्नलाई जित दिलाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey