च्याम्पियन्स लिगमा मेस्सीको १०० गोल, बार्सिलोना क्वार्टर फाइनलमा

0

चैत १ । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब चेल्सीलाई समग्रमा ४–१ ले हराउँदै बार्सिलोनाले अन्तिम आठमा स्थान बनायो ।

पहिलो लेगमा १–१ गोलको बराबरीमा रोकिएको बार्सिलोनाले नोउ क्याम्पमा भएको खेलमा ३–० ले विजयी भयो । लियोनेल मेस्सीले २ गोल गरेपछि बार्सिलोना विजयी भयो ।

खेलको तेस्रो मिनेटमा नै मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसपछि डेम्बेलेले २० औं मिनेटमा गोल गर्दै चेल्सीसँगको दुरी २ गोलमा लम्ब्याए ।

पहिलो हाफमा २ गोलको अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा एक गोल थप्दा मेस्सीले च्याम्पियन्स लिगमा आफ्नो १०० गोल पूरा गरे । चेल्सीविरुद्धको खेलमा मेस्सीले दुबै गोल लुइस स्वारेजको पासमा गरेका थिए ।

Post Add 1025X115
Loading...