रुपन्देहीलाई सडन डेथमा हराउँदै पुलिस तिलोत्तमा गोल्डकपको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-३०
  • |
  • 176 पटक हेरिएको
फागुन ३०, रुपन्देही । आयोजक रुपन्देही ११ लाई सडन डेथमा हराउँदै नेपाल पुलिस क्लव २०औं तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको छ ।
बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।
पेनाल्टीमा दुवै टोलीले ३–३ गोलको बराबरी गरेपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा पुलिस भाग्यमानी बन्यो ।
यसअघि निर्धारित समयमा दुवै टोलीले गोलका अवसर खेर फालेका थिए । खेलमा पुलिसका गोलरक्षक रोशन श्रेष्ठको प्रदर्शन शानदार रह्यो । खेलको १६औं मिनेटमा रुपन्देहीका निशान लिम्बुको प्रहार गोलरक्षक रोशनले बचाएका थिए ।
२५औं मिनेटमा रुपन्देहीकै अमर डंगोलले गोलको अवसर पाए पनि उनको प्रहार पोष्ट माथिबाट बाहिरियो ।
पुलिसले उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङदी क्लव र थ्रीस्टार क्लवबीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey