Prabhu Bank

जितेन्द्र र प्रणव लन टेनिसको फाइनलमा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-३०
  • |
  • 0 पटक हेरिएको

फागुन ३०, काठमाडौं । सहवीर स्मृति लनटेनिस प्रतियोगिता अन्तर्गत पुरुष सिंगल्सको उपाधिका लागि ललितपुरका जितेन्द्र परियार र त्रिभुवन आर्मी क्लबका प्रणव खनाल भिड्ने भएका छन् ।

हलचोक स्थित कोर्टमा बुधबार भएको सेमिफाइनलमा जितेन्द्रले ललितपुरका सन्तोष खत्रीलाई ६–२ र ६–३ ले हराए । यस्तै प्रणवले पोखराका प्रदिप खड्कालाई २–१ को सेटमा पराजित गरे । पहिलो सेट ६–० ले जितेका प्रणवले दोस्रो सेट ४–६ ले गुमाए । निर्णायक सेटमा कमब्याक गर्दै प्रणवले ७–५ को जित हात पारे ।

पुरुष डबल्सको उपाधिका लागि ललितपुरका सन्तोष खत्री र जितेन्द्र परियारको जोडी र प्रणव खनाल र कमल भण्डारीको जोडी भिड्ने भएको छ । सन्तोष र जितेन्द्रको जोडीले काठमाडौंका मानबहादुर कटुवाल र जीवन घिमिरेको जोडीलाई हरायो । यस्तै आर्मीका प्रणव खनाल र पुलिसका कमल भण्डारीको जोडीले पोखराका प्रदिप खड्का र अनिल शाहीको जोडीलाई हराएको थियो ।

भर्खरै

Advertisement