Prabhu Bank

राष्ट्रिय महिला भलिबलको सेमिफाइनल समीकरण पूरा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-३०
  • |
  • 3 पटक हेरिएको

फागुन ३०, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

आयोजक एपीएफ क्लव, न्यू डायमण्ड क्लव, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलमा एपीएफ र त्रिभुवन आर्मी तथा न्यू डायमण्ड र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

बुधबार भएको खेलमा न्यू–डायमण्ड एकेडेमी र नेपाल पुलिस क्लवले आ–आफ्नो खेलमा जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाए ।

एपीएफको मुख्यालय हलचोकमा भएको खेलमा नेपाल पुलिस क्लवले ढोरपाटन स्पोर्ट्स क्लवलाई २५–९, २५–३ र २५–१९ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनायो । खेलमा पुलिस क्लवकी कामना विष्ट प्लेयर अफ द म्याच बनिन् ।

यस्तै अर्को खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको टोलीलाई २५–१, २५–२ र २५–१० को सेटमा हराउँदे न्यू–डाइमण्ड एकेडेमी पनि सेमिफाइनलमा पुगेको छ । न्यू डायमण्डकी कृपा अधिकारी खेलको म्यान अफ द म्याच चुनिइन् ।

एपीएफ र आर्मी यसअघिनै सेमिफाइनलमा पुगिसकेका छन् ।

भर्खरै

Advertisement