Prabhu Bank

रत्नजीत र दिपेश उपाधिका लागि भिड्ने

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-३०
  • |
  • 4 पटक हेरिएको

फागुन ३०, काठमाडौं । कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष सिंगल्स तर्फको उपाधिका लागि नेपाल नम्बर एक रत्नजीत तामाङ र दिपेश धामी भिड्ने भएका छन् ।

हलचोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको पुरुष सिंगल्सको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबका रत्नजीतले दार्चुलाका प्रिन्स दाहाललाई २–० को सोझो सेटमा पराजित गरे । प्रिन्सविरुद्धको खेलमा दबाब कायम गरेका रत्नजीतले २१–१७ र २१–१० को जित निकालेका थिए ।

अर्को खेलमा एपीएफका दिपेश धामीले आर्मीका नविन श्रेष्ठलाई हराउँदै फाइनलमा स्थान बनाए । धामीले २१–१६ र २१–१६ को सेटमा जित निकालेका थिए ।

महिला सिंगल्सको उपाधि रत्नजीतकी दिदी नङसल देवी तामाङले जितेकी छिन् । त्रिभुवन आर्मी क्लबकी नङ्सलले आर्मीकै रसिला महर्जनलाई २–१ को प्रतिष्पर्धात्मक सेटमा हराइन् ।

पहिलो सेट २१–१९ ले जितेकी नङ्सलले दोस्रो सेट भने १९–२१ ले गुमाइन् । अन्तिम सेटमा पुनः २१–१९ को जित निकाल्दै नङ्सल च्याम्पियन बनिन् ।

भर्खरै

Advertisement