मन्त्री विश्वकर्माले सोधे- ‘पोखरा रंगशालाको काम सकियो ?’

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-०१
  • |
  • 237 पटक हेरिएको

काठमाडौं, १ साउन । मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि अहिले पूर्वाधार निर्माणको अवस्थाबारे सरोकारवाला निकायले हरेक दिन चासो ब्यक्त गर्दै आएका छन् ।

प्रतियोगिताको मुख्य उद्घाटन र समापनस्थलको रुपमा रहेको त्रिपुरेश्वरको दशरथ रंगशाला निर्माण अन्तिम चरणमा पुगेको छ भने अर्को प्रतियोगिता स्थल पोखरा रंगशाला पनि निर्माण तिब्रगतिमा भइरहेको जनाइएको छ ।

गत असार २३ गते राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्यसचिवमा नियुक्त भएका रमेशकुमार सिलवालले अन्तर्राष्ट्रिय खेलकुद परिषरमा भएका संरचनाको अबलोकन गरेका थिए ।

त्यतिबेला पनि उनले पूर्वाधारका कारण सागमा कुनै कम्प्रमाइज नगरिने बताएका छन् । यस्तै बुधबार पनि मन्त्रालयमा युवातथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माको उपस्थीतिमा पोखरामा निर्माणाधिन रंगशालाको विषयमा छलफल भएको छ । गत फागुन २६ गते मन्त्री विश्वकर्माले चार महिनाभित्र निर्माण पुरा गर्ने गरि शिलान्यास गरेका थिए । असार २६ गते ४ महिना पुरा भइसेके पनि अझै निर्माण पुरा भएको छैन ।

यस विषयमा मन्त्रालयमा भएको छलफलमा टेण्डर लिएको भारतीय कम्पनी ग्रेट स्पोर्टस इन्फ्रा र नेपालको एनए कन्स्ट्रक्सनका प्रतिनिधिलाई बोलाइएको थियो । छलफलमा मन्त्री विश्वकर्माले अहिलेसम्म भएको कामबार जवाफ माग गरेका थिए ।
पोखरामा बन्न लागेको नेपालकै ठूलो र आधुनिक रंगशाला १८ हजार ५ सय सिट क्षमताको हुनेछ । राष्ट्रिय खेलकुद परिषद्ले १ अर्ब ३० करोड रुपैयाँमा टेण्डर गरेको थियो ।

फुटबल मैदान एक सय दुई मिटर लम्बाई र ६४ मिटर चौडाई हुनेछ । एथलेटिक्सको लागि ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक बन्नेछ । स्टिल मोडुलर सिष्टमको स्टेडियम नेपालमै पहिलो भएको दावी कम्पनीले गरेको छ । सिन्थेटिक ट्रयाक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट आउने जनाइएको थियो ।

निर्माण कम्पनीका प्रतिनिधिहरुले तोकिएको समयै काम सकिने जवाफ दिएका थिए । तर मन्त्रीले अब कसरी चाँडो निर्माण सकिन्छ त्यविषयमा केन्द्रित भएर काम गर्न निर्देशन दिएको जनाइएको छ । राखेपका सदस्यसचिव सिलवालले पनि पोखरार रंगशाला सागका लागि निकै महत्वपूर्ण रहेकाले चाँडै काम सक्न आग्रह गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey