सिन क्योकुसिनद्वारा खेलाडी सम्मान

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०३-३१
  • |
  • 175 पटक हेरिएको

काठमाडौं । सिन क्याकुसिन कराते संघले गुरु पूजाका अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता आफ्ना खेलाडीलाई सम्मान गरेको छ ।

कीर्तिपुरमा आयोजित कार्यक्रममा खेलाडीहरुलाई पूर्व युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर र संघका ब्रान्ड चिफ सूर्य बुढाथोकीलगायतले सम्मान गरेका थिए । कार्यक्रममा ४० जना खेलाडीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गुरु पूजा पनि धुमधामले मनाइएको थियो । गुरु पूजामा संघका पदाधिकारी, प्रशिक्षक, डोजाङ प्रमुख र खेलाडीको उलेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सिन क्याकुसिन करातेका ब्रान्ड चिफ सूर्यबहादुर बुढाथोकी, वरिष्ठ उपाध्यक्ष कृष्णचन्द्र बानियाँलगायतले शुभकामना व्यक्त गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal