Prabhu Bank

मोहन बगानले विमलसँगको अनुबन्ध तोड्यो

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-३०
  • |
  • 6 पटक हेरिएको

फागुन ३० । भारतीय घरेलु फुटबल प्रतियोगिता आई लिग खेल्ने क्लब मोहन बगानले नेपाली राष्ट्रिय फुटबलर बिमल घर्ती मगरसँगको अनुबन्ध तोडेको छ ।

बिमललाई क्लबले गत जनवरी २७ तारीखमा तीन महिनाका लागि अनुबन्ध गरेको थियो । यद्यपी क्लबले बिमलसँगको अनुबन्ध ४५ दिन मै टुंग्याएको छ । मोहन बगानका अनुसार क्लव सुपर कपमा सहभागिता जनाउन गईरहेको र त्यसका लागि १९ मार्च देखि अभ्यास गर्ने जनाएको छ ।

प्रतियोगिताको प्रावधान अनुसार दुई एसियन खेलाडीलाई एकैपटक मैदानमा उतार्न नपाउने भएपछि  क्लबले बिमलसँगको अनुबन्ध समाप्त गर्ने निर्णय गरेको हो । मोहन बगानले बिमललाई शनिबार नै अनुबन्ध फुकुवा गरेको पुष्टी गरेको छ ।

मोहन बगानले सुपर कपमा आफ्नो पहिलो खेल आउँदो अप्रिल १ तारीखका दिन दिल्ली डाईनामो र चर्चिल ब्रदर्शबीचको बिजेतासँग खेल्दैछ ।

 

भर्खरै

Advertisement