Prabhu Bank

म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिगबाट बाहिर

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-३०
  • |
  • 8 पटक हेरिएको

फागुन ३० । म्यानचेस्टर युनाईटेड युरोपियन च्याम्पियन्स लिगबाट बाहिरीएको छ । गएराति भएको खेलमा सेभियासँग दुई एक गोल अन्तरले पराजित हुँदै युनाईटेड प्रिक्वाटरफाइनलबाट बाहिरीएको हो ।

घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई स्तब्ध बनाउने क्रममा सेभियाका बेन इदेरले दुई गोल गरे ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी बनेको थियो । तर ७४ औ मिनेटमा सब्सिच्युट खेलाडी बेन इदेरले सेभियाका लागि पहिलो गोल गरे ।

उनले मैदान प्रवेश गरेको दुई मिनेटमा नै म्यानचेस्टर युनाईटेडको पोष्टमा गोल गरेका हुन । त्यसको चार मिनेटमा नै पुनः इदेरले गोल गर्दै सेभियालाई २–० को स्थानमा पुर्याए ।

घरेलु दर्शक माझ दुई गोलले पछि परेको म्यानचेस्टर युनाईटेडले ८४ औ मिनेटमा एक गोल फर्काउन सफल भयो । उसका लागि रामेलु लुकाकुले गोल गरेका थिए ।

तर त्यसपछि युनाईटेड खेलमा फर्कन सकेन र प्रतियोगिताबाट बाहिरीयो ।

भर्खरै

Advertisement