कृष्णमोहन स्मृति ब्याडमिण्टनः महिला एकलको उपाधिका लागि नङशल र रशिला भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२९
  • |
  • 356 पटक हेरिएको

फागुन २९, काठमाडौं । १४औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता अन्तर्गत महिला एकलको उपाधिका लागि त्रिभुवन आर्मी क्लवका नङशलदेवी तामाङ र रशिला महर्जनबीच प्रतिस्पर्धा हुने भएको छ ।

मंगलबार हलचोकस्थित एपीएफको कोर्टमा सम्पन्न सेमिफाइनलमा तामाङले एपीएफकी शोभा गौचनलाई २१–१२ र २१–१३ को सेटमा हराउँदै फाइनलमा स्थान बनाइन् ।

अर्को सेमिफाइनलमा आर्मीकी महर्जनले झापाकी जेसिका गुरुङलाई २१–१३ र २१–१७ को सेटमा पराजित गरी आफ्नै बिभागकी तामाङसँगको उपाधि भेट पक्का गरिन् ।

यता पुरुष एकलतर्फको क्वार्टरफाइनल अन्तर्गत मंगलबार भएको खेलमा नेपाल नम्बर १ त्रिभुवन आर्मी क्लवका रत्नजित तामाङले आर्मीकै प्रफुल्ल महर्जनलाई २१–११ र २१–८ ले हराउँदै सेमिफाइनलमा पुगे ।

त्यस्तै दार्चुलाका प्रिन्स दाहालले भोजपुरका बिकास श्रेष्ठलाई २१–१८ र २१– १८ हराउँदा आर्मीका नविन श्रेष्ठले एपीएफका साजनकृष्ण ताम्राकारलाई २१–१९ र २१– १२ पराजित गरे ।

त्यस्तै अन्तिम क्वार्टरफाइनलमा एपीएफका दिपेश धामीले एपीएफकै विजित थापामगरलाई २१–१९ र २१– ११ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal