आर्मीलाई हराउँदै मनाङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२९
  • |
  • 153 पटक हेरिएको

फागुन २९ । मनाङ मस्र्याङदी क्लब तिलोत्तमा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । दोस्रो हाफमा दश खेलाडीमा समेटिएको मनाङले त्रिभुवन आर्मी दोस्रो टिमलाई तीन शुन्य गोलले पराजित गर्यो ।

बुटवल स्थित एन्फा एकेडेमीको मैदानमा भएको क्वाटरफाइनलमा मनाङले ४० औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि विशाल राइले गोल गरेका थिए ।

६५ औं मिनेटमा दोना थापा दोहोरो पंहेलो कार्ड खादै मैदान बाहिरिएपछि मनाङ दश खेलाडीमा झरेको थियो ।

तर त्यसको फाइदा आर्मीले उठाउन नसक्दा मनाङले खेलमा आफ्नो नियन्त्रण कायमै राख्यो ।

९० औं मिनेटमा बिशालले ब्यक्रिगत दोस्रो गोल गर्दा मनाङले आर्मी विरुद्ध दुइ शुन्यको दुरी बढायो ।

इन्जुरी समयमा भिक्टरले गोल गरेपछि मनाङ तीन शुन्यको सहज जीतका साथ अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey