चेल्सीमा कोन्टेको भविश्य अन्यौल, पीएसजी जालान् त ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२९
  • |
  • 178 पटक हेरिएको

फागुन २९ । अहिलेको चेल्सीको हलत गत वर्षको च्याम्पियन भन्नु भन्दा अरु केहि छैन । यो इंग्लिस टोली आफ्नो लय पहिल्याउन संघर्षरत छ एकातिर भने अर्कातिर मुख्य प्रशिक्षक एन्टोनियो कोन्टे र खेलाडीबीचको दूरी निक्कै बढेको छ ।

गत वर्षको समरपछि चेल्सीको खराव दिन सुरु भएको हो । किनभने एसएमएसको माध्यमबाट डिएगो कोस्टाले चेल्सी छाड्ने भएपछि खराव समय सुरु भएको हो ।

उनका टिममेट चाहन्थे कि यी घातक स्ट्राइकर टिममा रहिरहुन् । वा, खेलाडीहरुमा कम्तिमा यो आशा थियो कि कम्तिमा उनको प्रतिस्थापनमा अर्को खेलाडी आउनेछ ।

चेल्सीले तत्कालै खेलाडीको खोजी पनि सुरु गरेकै हो । तर, कोस्टाजस्तै अर्का स्ट्राइकर चेल्सीले भेटेन ।

त्यसपछि मालिक रोमन एब्रामोबिचसँगको विवाद सुरु भयो र त्यसै कारण चेल्सीको मुख्य प्रशिक्षकको रुपमा कोन्टेको दिनगन्ती सुरु भयो, भइरहेकै छ ।

एब्रामोबिचको असहमति

सिजनको सुरुआतमै भएको ‘कोष्टा काण्ड’पछि प्रशिक्षक कोन्टे आफैंले खेलाडीसँगको दूरी बढाएका थिए । तर, नतिजा यति प्रत्युत्पादक भइदियो कि खेलाडीहरु पहिले भन्दा एकजुट भए । त्यसैको फलस्वरुप चेल्सी जारी सिजन च्याम्पियन्स लिगका लागि छनोट हुने उद्देश्यमा लिग खेलिरहेको छ ।

यसका अलावा, एब्रामोबिचको आगामी योजनामा कोन्टे नभएको बताइन्छ । (उनी बार्सिलोनाका प्रशिक्षक लुइस एनरिकेलाई भित्र्याउन चाहन्छन् ।) यद्यपी कोन्टे चाहन्छन् कि आफ्नो सम्झौता पूरा गरेर मात्र निक्लन पाउँ । तर, रुसी मालिक उनलाई राख्न धेरे इच्छुक छैनन् । कोन्टेको सम्झौता अर्को सिजनको अन्तिमसम्म छ ।

कोन्टे पीएसजी जाँदैछन्

चेल्सीसँगको तनावका बाबजुद कोन्टे आफूलाई सुरक्षित महशुस गररिहेका छन् । किनभने पेरिस सेन्ट जर्मेइन्मा उनाइ एमरेको प्रतिस्पधानको रुपमा उनलाई सबेभन्दा बलियो दावेदारको रुपमा हेरिएको छ ।

वास्तवमा, समाचारहरुमा संकेत गरिएको छ कि यी इटलीयन प्रशिक्षकलाई फ्रान्सेली टिमका लागि पहिलेदेखि नै प्रस्ताव आएको थियो । तर, त्यो निर्णय लिनुभन्दा अघि उनी च्याम्पियन्स लिगको प्रि क्वार्टरफाइनलमा बार्सिलोनालाई हराउन चाहन्छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey