सदस्य–सचिवद्वारा अन्तर्राष्ट्रिय खेलकुद परिसरको निरीक्षण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०३-२५
  • |
  • 302 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको बुधबार निरीक्षण गरेका छन् ।

सदस्य–सचिव सिलवालले परिसर हातामा निर्माणाधीन हिटिङ पौडी पोखरी र चीन सरकारले मर्मत गरिदिएको पौडी पोखरीको निरीक्षण गरेका हुन् ।

हिटिङ पौडी पोखरीको निरीक्षण क्रममा सदस्य–सचिव सिलवालले निर्माण कार्यमा संलग्न पक्षसंग भुक्तानीका विषयमा चिन्ता नलिन भन्दै निर्धारित समयमा काम सम्पन्न हुनु पर्नेमा जोड दिए । त्यस्तै मर्मत सम्पन्न भएको पौडी पोखरीको निरीक्षण क्रममा सदस्य–सचिव सिलवालले चाँडो भन्दा चाँडो पोखरीमा पानी भर्ने काम सम्पन्न गरी साउन १ गतेदेखि नै प्रयोग गर्न मिल्ने गरी तयार गर्न अन्तर्राष्ट्रिय खेलकुद परिसर प्रमुख टेकबहादुर बमलाई निर्देशन दिए ।

पूर्वाधारले साग रोकिन्न 

निरीक्षणअघि सदस्य–सचिव सिलवालले विभिन्न खेलका प्रमुख प्रशिक्षकहरुसंगको भेटमा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) पूर्वाधारका कारण नरोकिने बताउदै सबैलाई तयारीमा जुट्न निर्देशन दिए ।

उनले सागसंगै नवौं राष्ट्रिय खेलकुदको तयारी पनि सुरु गर्ने बताउदै लामो समय काम गरेको प्रशिक्षक भन्दा पनि परिणाम दिने प्रशिक्षक आफ्नो पहिलो रोजाइ हुने बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey