दिदीसँग हारिन् सेरेना

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२९
  • |
  • 211 पटक हेरिएको

फागुन २९ । दिदी भेनस विलियम्ससँग पराजित भएपछि पूर्व विश्व नम्बर एक सेरेना विलियम्स इण्डियन वेल्स टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छिन् ।

छोरीलाई जन्म दिएको ६ महिनापछि नै कोर्टमा फर्किएकी सेरेना तेस्रो चरणमा भेनससँग २–० को सोझो सेटमा पराजित भइन् । गर्भवती भएकै अवस्थामा सन् २०१७ को अष्टे«लियन ओपन टेनिसको फाइनलमा भेनसलाई हराएर २३ औं ग्राण्डस्लाम जितेकी सेरेना १५ महिनापछि कोर्टमा फर्किएकी हुन् ।

क्यालिफोर्नियामा भएको खेलमा चार ऐसेस प्रहार गरेकी सेरेनाको चार सर्विस ब्रेक गर्दै भेनस विजयी भइन् ।

पहिलो सेट ६–३ ले जितेकी भेनसले दोस्रो सेट ६–४ ले आफ्नो पक्षमा पारिन् ।

प्रिक्वार्टर फाइनलमा भेनसले लाट्भियाकी अनास्तासिया सेभास्टोभासँग खेल्नेछिन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey