रोहितलाई अफगानी कप्तान अस्घरले दिए ब्याट उपहार

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२९
  • |
  • 141 पटक हेरिएको

विश्वकप छनोट अन्तर्गत हङकङलाई पराजित गर्न उत्कृष्ट प्रदर्शन गरेका नेपाली ब्याट्सम्यान रोहितकुमार पौडेल अफगानिस्तानका कप्तानले ब्याट उपहार दिएका छन ।

नेपालले हङकङलाई हराएर अफगानिस्तानलाई सुपर सिक्समा पुग्न ठुलो योगदान गरेको थियो । जसका कारण अफगानिस्तानका नियमित कप्तान अस्घर स्टानिकले रोहितकुमार पौडेललाई अाफ्नै ब्याट उपहार दिएका हुन् ।

चोटका कारण अस्घरले यो विश्वकप छनोट खेल्न पाएनन् । उनको ठाउँमा रसिद खानले कप्तानको जिम्मेवारी निर्वाह गरेका थिए ।

अस्घरबाट ब्याट पाउने पौडेल हङकङसँगको खेलमा म्यान अफ द म्याच भएका थिए । नेपाललाई ५ विकेटले जिताउने क्रममा उनले  ४८ रन बनाए ।

छैटौं नम्बरमा ब्याटिङमा आएका उनले र सातौं नम्बरका सोमपाल कामीले नट आउट रहँदै ८९ रनको साझेदारी गरेका थिए ।

सोमबार नेपालसँगको खेल जितेको भए हङकङ सुपर सिक्समा पुग्ने थियो र अफगानिस्तानको विश्वकपमा छनोट हुने सम्भावना सकिने थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey