माइकल क्यारिकले सन्यास लिने

0

फागुन २९ । म्यान्चेष्टर युनाइटेडका मिडफिल्डर माइकल क्यारिकले यो सिजनपछि सन्यास लिने भएका छन् । सन् २००६ मा म्यान्चेष्टर युनाइटेडमा आबद्ध भएका ३६ बर्षे क्यारिक स्वास्थ समस्याका कारण यो सिजन जम्मा चार खेलमा सिमित बनेका छन् ।

मुटुको अनियमित धड्कनका कारण उनी शतप्रतिशत प्रदर्शन गर्न सकिरहेका छैनन् । ‘म यस्तो क्षणमा आइपुगेको छु, जुन बेला शरिरले खेल्नका लागि रोक लगाउँछ ।’ युनाइटेमा ४६३ खेल खेलेका क्यारिकले भने ।

युनाइटेडका प्रशिक्षक जोसो माउरिन्होले क्यारिक क्लबमा उपस्थितमात्र भएपनि खुसी हुने बताएका थिए । ‘मुटुले समस्या दिएपछि २–३ दिन सोचेँ, अहिले म केही स्वस्त भएको छु र सिजनको अन्तिम सम्म खेल्नेछु ।’ क्यारिकले थपे ।

इंग्ल्याण्डका लागि ३६ खेल खेलेका क्यारिकले म्यान्चेष्टर युनाइटेडअघि टोटनहमबाट प्रिमियर लिग खेलेका थिए । युनाइटेडमा उनले २४ गोल गरेका छन् ।

Post Add 1025X115
Loading...