झापा गोल्डकपको उपाधि जितेको २४ घण्टा नवित्दै आर्मी तिलोत्तमामा मनाङसँग खेल्दै

0

फागनु २९ । बुटवलमा जारी तिलोत्तमा गोल्डकपको क्वाटरफाइनलमा आज त्रिभुवन आर्मी र मनाङ मस्र्याङदी क्लव विच प्रतिस्पर्धा हुँदैछ ।

बुटवल स्थित एन्फा एकेडेमीको मैदानमा हुने खेलमा आर्मी र मनाङ एक सातामा दोस्रो पटक खेल्न लागेको हुन ।

त्यसो त आर्मीले २४ घण्टा भित्र दोस्रो खेल खेल्दैछ । झापा गोल्डकपको उपाधि जितेको आर्मी २४ घण्टा नपुग्दै तिलोत्तमामा मनाङ विरुद्ध उत्रदैछ ।

झापा गोल्डकपको उपाधि जितेपछि रातारात आर्मी बुटवल पुगेको हो । यो सिजन काठमाडौ बाहिरका सातौं उपाधि जितेको आर्मीलाई खेलाडीको थकानले धरै समस्या हुनेछ ।

एक दिनको पनि आराम नपाएका खेलाडी तिलोत्तमा गोल्डकपमा उपाधिको अर्को दावेदारसँग उत्रदा धेरै चुनौती भने हुनेछ ।

झापा गोल्डकपको सेमिफाइनलमा आर्मीले मनाङलाई एक शुन्यले हराउँदै फाइनलमा पुगेको थियो । मनाङलाई आज त्यो हारको बदला लिने मौका पनि हुनेछ ।

Post Add 1025X115
Loading...