भारतद्वारा श्रीलंका ६ विकेटले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२९
  • |
  • 185 पटक हेरिएको

फागुन २९ । श्रीलंका र बंगलादेश सम्मिलित त्रिकोणात्मक टी–२० सिरीजमा भारतले अर्को जित निकालेको छ । गएराति भएको खेलमा भारतले श्रीलंकालाई ६ विकेटले पराजित गर्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले १९ ओभरमा नौ विकेट गुमाउदै १५२ रन बनायो ।

उसका लागि कुशल मन्डिसले ५५ तथा उपल थरंगाले २२ तथा दसुन सनाकाले १९ रनको योगदान गरे ।

बलिङ तर्फ भारतका सरदुल ठाकुरले ४ विकेट लिए ।

जवाफमा भारतले १७ ओभर ३ बलमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

भारतको जितमा मनिश पाण्डेले अविजीत ४२ तथा दिनेश कार्तीकले अविजीत ३९ रन बनाए । यस्तै सुरेश रैनाले २७ र लोकश राहुलले १८ रन थपे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey