प्रिमियर लिगको उपाधिबाट सिटी दुई जित टाढा

0

फागुन २९ । लिग लिडर म्यान्चेष्टर सिटी प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । सोमबार राती भएको खेलमा स्टोक सिटीलाई हराएपछि सिटीले डर्बी म्याचमा उपाधि जित्ने सम्भावना बढेको छ ।

स्टोकविरुद्धको खेलमा डेविड सिल्भाले २ गोल गरेपछि सिटीले प्रिमियर लिग तालिकामा १६ अंकको अग्रता लिएको छ । सिटी ३० खेलबाट ८१ अंक सहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको म्यान्चेष्टर युनाइटेडको समान खेलबाट ६५ अंक छ ।

प्रिमियर लिगमा अब सिटीले एभर्टनसँग खेल्नेछ । त्यसपछि डिर्बी म्याचमा युनाइटेडविरुद्ध खेल्नेछ । एभर्टनलाई जितेको खण्डमा सिटीले

डर्बी म्याचमा नै उपाधि जित्ने मौका रहनेछ । म्यान्चेष्टर डर्बी अब इथियाड स्टेडियममा हुनेछ ।

सोमबार राती सिटीले स्टोकलाई २–० ले हरायो ।

१० औं मिनेटमा रहिम स्टर्लिङको पासमा गोल गर्दै सिल्भाले सिटीलाई सुरुवाती गअ्रता दिलाएका थिए । ५० औं मिनेटमा ग्याब्रियल जेससको पासमा सिल्भाले ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।

Post Add 1025X115
Loading...