रोहित बने म्यान अफ द म्याच

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२८
  • |
  • 163 पटक हेरिएको

फागुन २८, काठमाडौं । एकदिवशीय विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा हङकङबिरुद्धको ५ विकेटको जितमा संयमित प्रदर्शन गर्दै नेपाललाई जित दिलाएका रोहित कुमार पौडेल म्यान अफ द म्याच चुनिएका छन् ।

१७.६ ओभरमा आरिफ शेख आउट भएपछि छैटौं विकटेका क्रिजा आएका रोहितले हङकङको चुनौतिको डटेर सामना गरे ।

उनकै संयमित पारीले नेपालले हङकङमाथि ५ विकेटको जित हासिल गरेको हो । अर्धशतक बनाउनबाट मात्र २ रनले चुकेका रोहितले ८६ बलमा ४ चौकाको सहयोगमा अविजित ४८ रन बनाएका हुन् ।

छैटौं विकेटका लागि रोहितले सोमपालसँग मिलेर ८९ रनको अविजित साझेदारी गरेपछि हङकङले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.४ ओभरमै खेल सकाएको थियो । सोमपालले अविजित ३७ रन बनाएका थिए ।

गत महिना भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन दू अन्तर्गत नामिवियाबिरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका १७ वर्षीय रोहित नेपाली मध्यक्रमको धरोहरको रुपमा उदाउँदो प्रतिभा हुन् ।

डिभिजन टू मा उनले नेपाली टोलीका लागि कप्तान पारस खड्का पछि सर्बाधिक रन प्रहार गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey