कलेज प्रिमियरमा मोर्गन र नेपाल इन्जिनियरीङ कलेज विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२८
  • |
  • 166 पटक हेरिएको

तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग सोमबारको खेलमा मोर्गन कलेज र नेपाल इन्जिनियरीङ कलेज विजयी भएका छन ।

किर्तीपुरमा भएको खेलमा मोर्गनले एन्जल हार्टलाई ५ विकेटले हरायो । पहिलो ब्याटिङ गरेको एन्जल हार्ट कलेजले १७ ओभरमा ८ विकेट गुमाउदै १ सय ५ रन बनाएको थियो ।

उसका लागी योगेस रावलले २९ रन तथा ऋतिक थापा र विजय विष्टले समान १७ रन जोडे । बलिङ तर्फ मोर्गनका सुरज बोहराले २ विकेट  लिए ।

जवाफमा मोर्गनले १४.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसका लागि सुरज बोहरा ३० रन र दिपेन्द्र एरी २९ रन बनाए ।

अर्को खेलमा नेपाल ईन्जिनिएरीङ कलेजले हिल साईड कलेजलाई पनि ५ विकेटले हरायो ।  टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हिल साईड  कलेजले २० ओभरमा ९ विकेटको गुमाउँदै १ सय १० रन बनाउयो ।

उसका लागी रघुबेन्द्र झा ले २५ रन र भक्त्त राज जोशीले अविजित २३ रन जोडे

जवाफमा नेपाल ईन्जिनिएरीङ कलेजले १९ ओभरमा ५ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । उसका लागि सचिन जैश्वालले  सर्वाधिक २७ रन र सुबोध ढुङ्गेलले २६ रन बनाए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey