राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ र न्यू डायमण्ड विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२८
  • |
  • 209 पटक हेरिएको

फागुन २८, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक पाचौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा एपीएफ र न्यू डायमण्ड एकेडेमी विजयी भएका छन् ।

हलचोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा आयोजक एपीएफले नेपाल पुलिस क्लबलाई ३–० को सेटमा हरायो ।

विभागीय प्रतिद्वन्द्वी विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको एपीएपले २५–२१, २५–१४ र २५–१८ ले हराएको थियो ।

अर्को खेलमा न्यू डायमण्ड एकेडेमीले आर्मीलाई २५–१७, २५–१२ र २५–१५ ले हरायो । लिगकम नकआउटको आधारमा संचालन भइरहेको प्रतियोगितामा ३ विभागीय सहित ६ टिमको सहभागिता रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal