मायांका राणा खुल्ला लनटेनिसको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२८
  • |
  • 187 पटक हेरिएको

फागुन २८, काठमाडौं । नेपाल पुलिसकी मायांका राणा दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

हलचोक स्थित सशस्त्र प्रहरी बलको कोर्टमा सम्पन्न क्वार्टर फाइनलमा मायांकाले एपीएफकी अन्ने माथेमालाई २–० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाइन् । मायांका ६–१ र ६–१ को सोझो सेटमा विजयी भएकी थिइन् ।

त्रिभुवन आर्मी क्लबकी इरायत रावत पनि एपीएफकी भगवती विक लाई ६–२ र ६–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगिन् ।

यस्तै पोखराकी गंगा शर्माले एपीएफकी इन्द्रकला श्रेष्ठलाई ६–१ र ६–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरिन् । नेपाल पुलिस क्लबकै माहिका राणाले ललितपुरकी अभिलाषा विष्टलाई ६–१ र ६–२ को सोझो सेटमा पाखा लगाउँदै अन्तिम चारमा स्थान बनाइन् ।

ललितपुरका जितेन्द्र परियार पुरुष तर्फको सेमिफाइनलमा पुगेका छन् । कवार्टर फाइनलमा उनले ललितपुरकै अभिषेक विष्टलाई ६–० र ६–० को सहज सोझो सेटमा पाखा लगाए ।

यस्तै नेपाल पुलिस क्लबका कमल भण्डारीले काठमाडौंका सुब्रत बस्नेतमाथि ६–२ र ६–० को जित निकाल्दै अन्तिम चारमा स्थान बनाए । बुटवलका विकास खड्काले काठमाडौंका विवेक श्रेष्ठलाई ६–१ र ६–० ले हराउँदै सेमिफाइनलमा पुगे भने काठमाडौंका मानबहादुर कटुवालले ललितपुरका निशान श्रेष्ठलाई ६–३ र ६–४ ले पाखा लगाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey