झापा गोल्डकपको उपाधि आर्मीलाई, सिजनको सातौ उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२८
  • |
  • 204 पटक हेरिएको

झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीले जितेको छ । फाइनलमा घरेलु टिम झापा ११ लार्ई सडेन डेथमा हराउँदै आर्मीले सिजनको सातौं उपाधि उचाल्यो ।

झापाको डोमालाल रंगशालामा भएको खेलमा आर्मीले झापालाई सडेन डेथमा ८–७ गोल अन्तरले हरायो ।

पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफ भने दुवै टोलीले एकएक गोल गरे । खेलको ५९ औं मिनेटमा पेनाल्टी बक्स भित्रबाट कर्ण लिम्बुले गरेको प्रहार गोलमा परिणत भएपछी घरेलु टोली झापाले अग्रता लिएको थियो । त्यस्तै ७९ औं मिनेटमा भरत खवासले गोल फर्काउँदै खेल बराबर परेका थिए । दिनेश हेम्जनको कर्नरमा भरतले गोल गरेका हुन् ।

निर्धारित समयमा अन्य गोल हुन नसकेपछी खेल १५ मिनेटको अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछी खेल पेनाल्टीमा पुगेको हो । पेनाल्टी ३-३ भएर खेल सडन डेथमा पुगेको थियो । दुवै टोलीले १०-१० पेनाल्टी प्रहार गर्दा आर्मीले सडन डेथमा ८-७ ले बाजी मार्यो । झापाका गोलकिपर किशोर गिरी दशौं पेनाल्टीमा चुक्दा झापा पराजित भएको थियो ।

झापा गोल्डकप मोफसलमा सर्वाधिक पुरस्कारको प्रतियोगिता हो । उपाधि विजेता आर्मीले १२ लाख ५१ हजार पुरस्कार प्राप्त गर्यो भने उपविजेता झापाले ६ लाख नगद प्राप्त गर्यो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal