मेलम्चीमा मेयर कप भलिबल चैत १५ देखि

0
फागुन २८, काठमाडाैं । मेलम्ची नगर युवा क्लबको आयोजनामा जिल्लास्तरीय मेयर कप भलिबल प्रतियोगिता चैत १५ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा २० पुरुष टिमको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक सानुबाबु गिरीले जनाएका छन् ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । चारदिने प्रतियोगिताका खेलहरु मेलम्ची बजारमा हुनेछ ।
Post Add 1025X115
Loading...