हङकङले नेपाललाई दियो १५४ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२८
  • |
  • 185 पटक हेरिएको

फागुन २८, काठमाडाैं । आईसीसी एकदिवशीय विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले अहिले हङकङसँग खेलिरहेको छ ।

जिम्बावेकाे बुलावायाे एथ्लेटिक्स क्लवकाे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४८.२ ओभरमा १५३ रनमै समेटिएपछि नेपालले जितका लागि १५५ रन बनाउनुपर्ने भएको हो ।

नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

यस खेलमा नेपालले १० ओभरभन्दा अगाडि नै हङकङमाथि जित हासिल गर्न सके सुपर सिक्समा पुग्नेछ । तर, त्यो सम्भावना निक्के न्यून रहेको अवस्थामा नेपालले कम्तिमा जित हासिल गरेमात्रै पनि एकदिवशीय मान्यताको सम्भावना जीवितै रहनेछ ।

हङकङबिरुद्ध आज नेपालको बलिङ तारिफयोग्य रह्यो । आफ्नो स्वभाविक प्रदर्शन गरेका नेपाली बलरहरुले हङकङका ब्याट्सम्यानहरुलाई ठूलो साझेदारीको अवसर नै दिएनन् ।

आईपीएल टोली दिल्ली डेयर डेभिल्समा आवद्ध भएका नेपाल िलेगस्पिनर सन्दिप लामिछानेले आजको खेलमा शानदार प्रदर्शन गर्दै ३ विकेट लिए । १० ओभर बलिङ गरेको उनले ४ मेडन राख्दै १७ रन लिएका थिए । त्यस्तै बसन्त रेग्मीले १० ओभरमा ४ मेडन राख्दै २४ रन दिएर २ विकेट लिए ।

करण केसीले डेथ ओभरमा हङकङका पुच्छारका दुई ब्याट्सम्यानलाई आउट गरे । सोमपाल कामी र ललित राजवंशीको नाममा पनि १–१ विकेट रह्यो ।

हङकङका लागि ओपनर निजाकात खानले बनाएको ४७ रन नै हङकङका ब्याट्सम्यानले बनाएको सर्बाधिक रन हो ।

उनका अलावा कप्तान बाबर हायतले २० तथा नवौं नम्बरमा ब्याटिङमा आएका इशान खानले २५ रन बनाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey