एसियाडमा नेपाललाई रजत पदक दिलाउने प्याराग्लाइडिङका भट्टराई उत्कृष्ट प्रशिक्षक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०३-१७
  • |
  • 157 पटक हेरिएको

काठमाडौं, १७ असार । नेपाललाई एसियाडमा २० वर्ष पछि रजत पदक दिलाउने मुख्य प्रशिक्षक योगेश भट्टराईले उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् । उनले फुटबलका हरि खड्का, एथ्लेटिक्सका धनीराम चौधरी, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र विष्टलाई पछि पार्दै भट्टराईले उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका हुन् ।

भट्टराई कोरियामा भएको प्रि वल्र्ड कप क्रस कन्ट्रीमा नेपाली टोलीको मुख्य प्रशिक्षक, राखेपमा भर्खर प्याराग्लाइडिङको प्रमुख प्रशिक्षकमा नियुक्त, आगामी सागको जिम्मेवारी बहन पनि गरेका छन् । त्यस्तै नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङलाइडिङका सल्लाहकारको भूमिकामा पनि भट्टराई रहेका छन् । उनले अवार्डसँगै नगद ५० हजार पनि प्राप्त गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey