Prabhu Bank

सुरेन्द्र र कुुसुमले युथ एशियन बक्सिङ प्रतियोगिता खेल्ने

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-२८
  • |
  • 3 पटक हेरिएको

फागुन २८, काठमाडाैं । एएसबीसी युथ एशियन कन्फिडिरेसन बक्सिङ च्याम्पियनशिपका लागि झापाका सुरेन्द्र राई र नक्शालकी कुसुम तामाङ छनोट भएका छन् ।

सोमबार झापाका सुरेन्द्रले मकवानपुरका सन्दिप खतिवडालाई अंकका आधारमा पराजित गदै बैंककको यात्रा निश्चित बनाए ।

पुरुष ५६ केजी तौल समूहको अन्तिम छनोट खेलमा पाँचै जना निर्णायकले राईको पक्षमा निर्णय दिए पछि सन्दिप ५–० ले पछि पारेका थिए ।

महिलातर्फको ५७ केजी तौल समूहमा नक्शालकी कुसुम तामाङ एकल प्रतिस्पर्धा भए पछि स्वतः छनोटमा परेकी छन् । प्रतियोगिता अप्रिल १९ देखि २८ सम्म थाईल्याण्डको राजधानी बैंककमा हुदैछ ।

प्रतियोगितामा १७ देखि १८ बर्ष मुनिका उमेर समूहका खेलाडीले मात्र सहभागिता जनाउन पाउने नेपाल बक्सिङ संघले जनाएको छ । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले छनोटमा परेका खेलाडीलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

भर्खरै

Advertisement