एपीएफको आयोजनामा तीन राष्ट्रिय प्रतियोगिता सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२७
  • |
  • 242 पटक हेरिएको

फागुन २७, काठमाडौं । सशस्त्र प्रहरी बलको आयोजनामा तीनवटा राष्ट्रिय प्रतियोगिता आइतबारबाट काठमाडौंमा सुरु भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले चौधौं कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता, दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता र पाँचाै‌ं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको एकै साथ उद्घाटन गरे ।

६ लाख ३० हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको व्याडमिन्टन प्रतियोगितामा समावेश दशवटा इभेन्ट्सहरुमा ४३ जना महिलासहित कूल २४५ जना खेलाडीहरुले सहभागिता जनाएका छन् ।

पुरुष एकलमा प्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा क्वाटरफाइनलमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । महिला एकलमा प्रथम हुनेले ५० हजार र दोस्रो हुनेले २५ हजार पाउनेछन् । पुरुष डबल्समा प्रथम पुरस्कार ६० हजार रुपैयाँ, दाेस्राे पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २५ हजार रुपैयाँ रहेको छ ।

यसैगरी महिला युगलतर्फ प्रथम पुरस्कार ४० हजार रुपैयाँ, दाेस्राे पुरस्कार २५ हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको छ ।

भलिबलमा च्याम्पियन बन्ने टिमले २ लाख ५० हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरु प्रत्येकलाई ५ हजार रुपैयाँ तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कारको रुपमा स्कुटरको व्यवस्था गरिएको छ ।

चार लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको लनटेनिस प्रतियोगितामा समावेश दशवटा इभेन्ट्सहरुमा ९ जना महिलासहित कूल १ सय ४५ जना खेलाडीहरुकोे सहभागिता रहेको छ ।

लनटेनिसतर्फ पुरुष एकलमा प्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार रुपैयाँ र क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने महिला एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने छन् ।

लनटेनिसतर्फकै पुरुष युगलमा प्रथम पुरस्कार ४० हजार रुपैयाँ, दाेस्राे पुरस्कार २० हजार रुपैयाँ र तृतीय पुरस्कार समेत २० हजार रुपैयाँ रहेको छ भने महिला युगलतर्फ प्रथम पुरस्कार ४० हजार रुपैयाँ, दाेस्राे पुरस्कार २० हजार रुपैयाँ र तृतीय पुरस्कार समेत २० हजार रुपैयाँ नै रहेको छ ।

प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित एपीएफ क्लब हल, लनटेनिस कोर्ट, भलिबल कोर्ट र सातोबाटोस्थित लनटेनिस कोर्टमा संचालन भइरहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey