सुरेन्द्र र सन्दिपबीच उपाधि भिडण्त हुने

0

फागुन २७, काठमाडौं । युथ एशियन कन्फिडिरेसन बक्सिङ च्याम्पियनसिपका लागि भइरहेको छनोट प्रतियोगिताको फाइनलमा झापाका सुरेन्द्र राई र मकवानपुरका सन्दिप खतिवडा बीच प्रतिस्पर्धा हुने भएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिषरमा आइतवार भएको ५६ केजी तौल समूहको खेलमा झापाका राईले नक्शालका खेलाडीलाई तेश्रो राउण्डमा नकाउट हाने ।

पुरुषकै ५६ केजी तौल समूहमा मकवानपुरका खतिवाडाले नक्शालकै अमर गुरुङलाई अंकका आधारमा ५–० ले हराए ।

सोमवार हुने सुरेन्द्र र सन्दिपबीचको विजेता थाइल्याण्डमा हुने प्रतियोगिताका लागि नेपाली टोलीमा रहनेछन् ।

यता महिलातर्फको ५७ केजी तौल समूहमा नक्शालकी कुसुम तामाङ प्रतिस्पर्धी नभएपछि स्वतः छनोट भएकी छन् ।

युथ बक्सिङ च्याम्पियनसिप अप्रिल १९ देखि २८ सम्म थाइल्याण्डमा हुँदैछ । प्रतियोगितामा १७ र १८ बर्षको उमेर समूहका खेलाडीले मात्र सहभागिता जनाउन पाउने नेपाल बक्सिङ संघले जनाएको छ ।

Post Add 1025X115
Loading...