शंकरदेव र कसमस कलेज युनिभर्सिटी कपको क्वार्टरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२७
  • |
  • 292 पटक हेरिएको

फागुन २७, काठमाडौं । शंकरदेव क्याम्पस र कसमस क्याम्पस काठमाडौंमा जारी युनिभर्सिटी कप टि–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

टियू क्रिकेट मैदानमा आइतबार भएका खेलहरुमा शंकरदेवले युनिग्लोभ क्याम्पसलाई ६५ रनले हराउँदा कसमस क्याम्पसले नेपाल कमर्स क्याम्परमाथि ५ रनको झिनो जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको शंकरदेव क्याम्पसले सुवेन्दु पाण्डेको ४१ रनको सहयोगमा १९.४ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन जोडेको थियो । शंकरदेवका लागि पाण्डेका अलावा प्रेम तामाङले २६ र आयुस्मान बमले २५ रन बनाए । बलिङतर्फ युनिग्लोवका रौनक ढुंगाना र निर्मल एक्सले ३–३ विकेट लिए ।

१३८ रनको लक्ष्य पछ्याएको युनिग्लोवले निर्धारित ओभरमा ८ विकेट गुमाएर ७२ रनमात्र बनाउन सक्यो । उसका लागि रोवेश पाण्डे र रौनक ढुंगानाले समान १७ रनको योगदान गर्दा अन्यले दोहोरो अंकको रन छुन सकेनन् । बलिङतर्फ शंकरदेवका रामनरेश गिरीले २ विकेट लिएका थिए ।

दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कसमस कलेजले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएको थियो । उसका लागि कुशल भुर्तेलले ३९, सन्दिप जोराले ३८ र हिमांसु दत्तले ३३ रन बनाएका थिए । बलिङमा कमर्स क्याम्पसका बसन्त खत्री, प्रकाश विष्ट र इन्द्रकमल मानन्धरले समान २–२ विकेट लिए ।

१७१ रनको लक्ष्य पछ्याएको कमर्स क्याम्पसले ६.१ ओभरमा २ विकेट गुमाएर ५४ रन जोड्दा खेल वर्षाले प्रभावित भयो । डीएल प्रणाली अनुसार कमर्स क्याम्पस ५ रनले पछि परेपछि कसमस भाग्यमानी सावित भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey