करीव १ बर्षपछि मैदानमा फर्किए रविन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२७
  • |
  • 169 पटक हेरिएको

फागुन २७ । नेपाली राष्ट्रिय टिमका भरपर्दा डिफेन्डर रविन श्रेष्ठ तिलोत्तमा गोल्डकप मार्फत कमब्याक गरेका छन ।

करीव एक बर्ष चोटका कारण मैदानबाट बाहिरी रहेका रविन तिलोत्तमा गोल्डकप अन्तर्गत सशस्त्र प्रहरी विरुद्धको खेलबाट मैदानमा फर्किएका हुन । सशस्त्रको खेलमा पुलिस रविनको कप्तानीमा मैदानमा उत्रेको हो ।

एक बर्ष अगाडी फिलिपिन्स विरुद्धको खेलका दौरान घुँडाको चोटका कारण उनले लामो समय खेलबाट बाहिर रहेका थिए । घुँडाको सल्यक्रिया गरेका रविन पुर्ण रुपमा फिट हुँदै मैदानमा फर्किएका हुन ।

२००८ मा राष्ट्रिय टिममा डेब्यु गरेका रविनले अहिलेसम्म ४२ क्याप जितेका छन । जलेश्वरमा जन्मिएका रविन एन्फा एकेडेमीका उत्पादक हुन ।

एन्फाबाट पास आउट भएपछि रविनले पहिलो पटक संकटा क्लवबाट खेलेका थिए । त्यसछि २००८ मा नै उनले नेपाल पुलिस क्लवमा आवद्द भएका थिए ।

चार बर्ष अगाडी रविन पुलिस छोडर मनाङमा जान लागेको हल्ला चलेपनि त्यो निराधार बनेको थियो । चोटमुक्त हुँदै मैदानमा फर्किएका रविनले चाडै नै राष्ट्रि टिममा फर्किने समेत बताएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey