विश्वकप छनाेटः नेपालले अाज हङकङसँग खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२८
  • |
  • 273 पटक हेरिएको

फागुन २७, काठमाडाैं । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले अाज साेमबार हङकङसँग खेल्दैछ ।

जिम्बावेकाे बुलावायाेस्थित बुलावायाे एथ्लेटिक्स क्लवकाे मैदानमा नेपाल र हङकङबीचकाे खेल नेपाली समयअनुसार दिउँसाे सवा १ बजेदेखि सुरु हुनेछ ।

समूहका लगातार ३ खेलमा हार ब्यहोरेको नेपालले अाजकाे खेलमा हङकङलार्इ फराकिलाे अन्तरमा हराउन सके सुपर सिक्समा पुग्नेछ । तर, झिनाे अन्तरमै सही नेपालले हङहङलार्इ हराएकाे खण्डमा एकदिवशीय मान्यताका लागि अाशा बाँकी नै रहन्छ । तर त्यसका लागि समुह ए को खेलमा पनि भर पर्नुपर्ने हुन्छ ।

स्कटल्याण्डजस्तै युएई र हङकङले पनि सुपरसिक्समा स्थान बनाए नेपालको एकदिवसिय मान्यता पाउँने बाटो बन्द हुनेछ । यसमध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौं हुने टिमले एकदिवसीय मान्यता पाउनेछ ।

सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि क्रश प्लेअफ हुनेछ । समूह ‘ए’मा चौंथो हुने टोलीले समूह ‘बी’को पाँचौं र समूह ‘बी’मा चौंथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन् ।

दुवै खेल जित्ने टोलीले सातौं स्थानका लागि खेल्नेछन्,भने हार्ने दुईले नवौं स्थानका लागि आमनेसामने हुनेछन् ।

यदि प्लेअफको पहिलो खेल जितेमा सातौं स्थानका लागि हुने खेल पनि जितेर एकदिवसीय मान्यता पाउन सकिन्छ । त्यसका लागि स्कटल्याण्डजस्तै युएई र हङकङ दुवै सुपरसिक्समा पुग्नुहुँदैन, एक टिम असफल हुनुपर्छ ।

हेड टु हेडका आधारमा नेपाल र हङकङ उस्तै उस्तै टिमका रुपमा रहेका छन । तर समुह चरणमा हङकङले अफगानिस्तानलाई पराजित गरेकाले उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।

यी दुई टिम अन्तिम पटक विश्वक्रिकेट लिग च्याम्पियनसिपमा खेलेका थिए । जसमा एक खेल हङकङले जितेको थियो भने एक खेल रद्द भएको थियो ।

यस्तो छ हेड टु हेड

कुल खेल १२

नेपाल विजयी ६
हङकङ विजयी ५
रद्द १

१९९६ एसीसी ट्रफी इलाइट
नेपाल १३७ -४९ ओभर  हङकङ १३९/४ -३३.३ ओभर, हङकङ ६ विकेटले विजयी

१९९८ एसीसी ट्रफी इलाइट
नेपाल १५० -३८ ओभर  हङकङ १५४/४ -२८.१ ओभर, हङकङ ६ विकेटले विजयी

२००० एसीसी ट्रफी इलाइट
हङकङ २६८/३ -५० ओभर  नेपाल ८९ रनमै अलआउट २४ ओभर, हङकङ १७९ रनले विजयी

२००६ एसीसी ट्रफी इलाइट
नेपाल २११/७ -५० ओभर  -१२४ ४३.३ ओभर, नेपाल ८७ रनले विजयी

२००८ एसीसी ट्रफी इलाइट
नेपाल २४५/७ -५० ओभर  हङकङ २०१/९ -५०ओभर, नेपाल ४४ रनले विजयी

२०१० एसीसी ट्रफी इलाइट
नेपाल २३६/७ -५० ओभर  हङकङ ११८ -३३.४ ओभर, नेपाल ११८ रनले विजयी

२०१२ एसीसी ट्रफी इलाइट
नेपाल २२५/५ ५० ओभर, हङकङ १०० -३७ ओभर, नेपाल १२५ रनले विजयी

२०१४ एसीसी प्रिमियर लिग
हङकङ १८१ -४१.५ नेपाल १४७/३ -३४.१, नेपाल डिएलमा ७ विकेटले विजयी

२०१४ वर्ल्डकप क्वालिफायर
नेपाल १५० -४९.३ ओभर हङकङ १५४ -३३.२ ओभर, हङकङ १० विकेटले विजयी

२०१७ एसीसी इमर्जिङ कप
हङकङ २१४ -५० ओभर नेपाल २२०/३ -४४.२ ओभर, नेपाल ७ विकेटले विजयी

२०१७ डब्लुसिएल
हङकङ १९४ -५० ओभर नेपाल १११ -३४.५ ओभर, हङकङ ८३ रनले विजयी

२०१७ डब्लुसिएल
रद्द

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal