नेपालको प्लेअफमा पुग्ने झिनो गणितीय सम्भावना यस्तो छ

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२७
  • |
  • 212 पटक हेरिएको

फागनु २७। आइसीसी विश्वकप छनोट अन्तर्गत नेपालको सुुपरसिक्समा पुग्न गणितीए सम्भावना मात्र बाँकि छ । जसमा नेपालले समुहको अन्तिम खेलमा नेपालले भोली हङकङसँग खेल्नेछ ।

यदि भोली नेपालले चमत्कारी प्रदर्शन गरेमा मात्र सुपरसिक्समा पुग्नेछ ।

जिम्बावेमा जारी विश्वकप छनोटको ३ टिमले सुपरसिक्समा स्थान बनाइसकेका छन । जसमा समुह ए बाट वेष्ट इन्डिज, समुह बी बाट स्कटल्याण्ड र जिम्बावेले सुपरसिक्समा स्थान बनाएका छन ।

अब बाकि ३ टिमको टुङगो समुह चरणका अन्तिम खेलबाट लाग्नेछ । जसमा समुह बी मा नेपाल र हङकङको खेलले सिपर सिक्समा पुग्ने एक टिमको छिनोफानो गर्नेछ ।

यो खेलको नतिजाले नेपाल र हङकङका साथै अफगानिस्तानको भविष्य पनि कोर्नेछ ।

कस्तो छ नेपालको गणितीय सम्भावना

समुहका तीन खेलमा नेपालले तीनै खेल हारेको छ भने हङकङ र अफगानिस्तानको २–२ अंक रहेको छ । भोलीको खेलमा नेपालले जित निकालेमा दुई अंक हुनेछ । तर नेपाललाई सामान्य जितले मात्र पुग्दैन । रनरेटमा पनि नेपाल निकै पछि रहेको छ । नेपालको रनरेट –१.५४६ रहेको छ भने हङकङको –१.२४६ छ । यस्तै अफगानिस्तानको ०.०३८ छ ।

नेपालले हङकङ विरुद्ध यस्तो चमत्कारी जित निकाल्नु पर्नेछ । जसले गर्दा उसले अफगानिस्तानको रनरेटलाई पनि पछि पार्नुपर्नेछ । त्यसका लागि नेपालले पहिले लक्ष्य दिएमा हङकङ विरुद्ध १५० देखि २०० को अन्तरले हराउनु पर्नेछ ।

यदि हङकङले लक्ष्य दिएमा १० ओभर भित्र जित निकालीसक्नु पर्नेछ । जस्तै नेपालले हङकङलाई २०० को लक्ष्य दिएमा उसलाई ५० रन भित्र समेट्नुपर्ने अवस्था छ । यदि हङकङले नेपाललाई २५० को लक्ष्य दिएमा नेपालले १०-१५ ओभरमा जित निकालीसक्नु पर्नेछ ।

यो आकडा हेर्दा नेपालले सुपरसिक्समा पुग्ने सम्भावना निकै नै कम छ । तर क्रिकेटमा जे पनि हुन सक्छ भन्ने भनाई भोलीको खेलमा लागु नहोल भन्न सकिन्न ।

ब्याटिङ र बलिङमा चुनौती

नेपाली टिम यस प्रतियोगितामा कप्तान पारस खड्कामा धरै भर परेको छ । पारसकै ब्याटिङका कारण नेपालले हङकङ, स्कटल्याण्ड विरुद्ध राम्रो रन बोर्डमा राखेको थियो । तर अरु खेलाडीले भने खासै राम्रो खेल्न सकेनन । नेपालले विपक्षीलाई ३ खेलमा कुल ६०७ रन हान्दा विपक्षीबाट ७२८ रन खान पुग्यो ।

भोली नेपालले जुन रनरेट चाहिएको छ त्यो अनुसारका प्रदर्शन गरेमा नेपाल सुपरसिक्समा त पुग्ने नै छ ४ बर्षका लागि एकदिवसिय मान्यता पनि पाउनेछ । यतिमात्र होइन टेष्ट मान्यता देश अफगानिस्तान प्रतियोगिताबाट बाहिरीने छ ।

तर यदि नेपाल पराजित भएमा सातौ स्थानको खेलमा जित निकालेर एकदिवसिय मान्यता पाउने सम्भावना पनि समाप्त हुनेछ । किनकी समुह बी बाट हङकङ विजयी भएमा सुपरसिक्समा पुग्नेछ । स्कटल्याण्ड यसअघि नै पुगिसकेको छ ।

समुह ए बाट युएईले अन्तिम खेलमा आयरल्याण्डसंग खेल्नु पर्नेछ यदि सो खेलमा युएईले झिनो अन्तरले हारेमा र नेदरल्याण्डले वेष्ट इन्डिजलाई हराउन सकेमा रनरेटका आधारमा तेस्रो टिमको टुङगो लाग्नेछ ।

यो अवस्थामा यदि समुह ए बाट युएई सुपरसिक्समा पुगेमा घाटा नेपाललाई नै हुनेछ । स्कटल्याण्डजस्तै युएई र हङकङले पनि सुपरसिक्समा स्थान बनाए भने यो बाटो सबैका लागि बन्द हुनेछ । यसमध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौं हुने टिमले एकदिवसीय मान्यता पाउनेछ ।

सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि क्रश प्लेअफ हुनेछ । समूह ‘ए’मा चौंथो हुने टोलीले समूह ‘बी’को पाँचौं र समूह ‘बी’मा चौंथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन् ।

दुवै खेल जित्ने टोलीले सातौं स्थानका लागि खेल्नेछन्,भने हार्ने दुईले नवौं स्थानका लागि आमनेसामने हुनेछन् ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal