रेलिगेसन जोनमा रहेको क्रिस्टल विरुद्द चेल्सीको सहज जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२७
  • |
  • 158 पटक हेरिएको

फागुन २७ । इग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ ।

घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई दुई एक गोल अन्तरले हरायो । लिगको पाचौ स्थानमा रहेको चेल्सीको जितमा विलियमले एक गोल गरे भने एक गोल उपहार पायो ।

खेलको २५ औ मिनेटमा विलियमको गोल मार्फत चेल्सीले खेलमा अग्रता बनायो । तर ३२ औ मिनेटमा चेल्सीले उपहार गोल मार्फत खेल दुई शुन्यमा पुर्यायो ।

क्रिस्टल प्यालेसका मार्टिन केलीले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गर्न पुगे । तर ९० औ मिनेटमा प्याट्रिक भान आनहोल्टले एक गोल फर्काएपनि क्रिस्टललाई हारबाट जोगाउन प्रयाप्त बनेन ।

यो हारले क्रिस्टललाई रेलिगेसनको खतरा बढेको छ । चेल्सीको ३० खेलबाट ५६ अंक छ भने रेलिगेसन जोनमा रहेको क्रिस्टलको समान खेलबाट २७ अंक छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal